Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
फ्रान्स– फ्रान्सको पेरिस स्थित एसिस्टेन्स मेडिकेल टोइट ड्यू मोन्डे तथा नेपाली राजदूतावास, पेरिसको संयुक्त आयोजनामा गत शनिवार धन्यवाद ज्ञापन साँझको आयोजना गरिएको छ ।
कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका नेपाली स्थायी प्रतिनिधि मोहनकृष्ण श्रेष्ठले सो संस्थाका दाताहरुलाई धन्यवाद दिनुहुंदै सहयोगको लागि प्रशंसा पनि गर्नुभयो । नेपालको प्राकृतिक सौन्दर्य, उत्कृष्ट संस्कृति तथा विविधतामा एकताको सूत्रमा बाँधिएर आएका नेपाली जनताको रहनसहनका बारेमा पनि उहाँले चर्चा गर्नुभयो ।
फ्रान्स र नेपाल बीचको सुमधुर सम्बन्धमा प्रकाश पार्दै श्रेष्ठले दुई सय वर्ष भन्दा अगाडिदेखि दुई देशबीच सम्बन्ध रहेको र २० अप्रिल १९४९ मा दौत्य सम्बन्ध स्थापना भई समयको प्रवाह संगै सम्बन्धको विकास हुँदै आएको उल्लेख गर्नुभयो । सन् १९८३ मा फ्रान्सका दिवंगत राष्ट्रपति फ्रान्स्वा मितराँबाट नेपालको भ्रमण सम्पन्न भएको स्मरण गर्नुभयो ।
संस्थाका अध्यक्ष लाउरेन्ट कार्वोनियरले दाताहरुलाई धन्यवाद दिई एएमटीएमको क्रियाकलापहरुका बारेमा वर्णन गर्नुभएको थियो ।
पाहुनाहरुको लागी नेपाली खाना परिकारहरु राजदूतावासबाट तयार गरेको तथा सुश्री अलिशा गुरुङले नेपाली नृत्य प्रस्तुत गर्दा सबै पाहुनाहरु खुशी भै झुम्मिएर अवलोकन गरेका थिए ।
फ्रान्स तथा नेपाली सामानहरुका सानो बजार पनि आयोजना गरिएको र एएमटीएमका सदस्यहरुको व्याण्डले रमणीय संगीत बजाई कार्यक्रममा रौनकता थपेका थिए । सो अवसरमा सो संस्थाका ३२० जना  व्यक्ति तथा उहाँहरुका परिवारजनको उपस्थिति थियो ।
सन् १९९४ मा म्याडम एभेलियन कार्बोनियरले स्थापना गर्नुभएको सो संस्थामा हाल डाक्टर तथा मेडिकल विधाका अन्य ३ हजार व्यक्तिहरु सदस्य  छन् । सो संस्थाबाट प्रत्येक वर्ष १००० जना विभिन्न स्थानबाट छानिएका नेपाली विद्यार्थीहरुलाई वार्षिक २४० युरोको दरले छात्रबृत्ति दिंदै आएको छ । साथै वर्षको २ पल्ट नेपालमा संस्थाका डाक्टरहरुले करिव १४००/१५०० विरामीहरुलाई नि:शुल्क स्वास्थ्य सेवा दिंदै आएको छ । ***
तपाईको प्रतिक्रिया