Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – धनगढी विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ । हिजो सोमवार साँझ ७ बजेर ५२ मिनेटमा धनगढीको विमानस्थलमा अवतरण गरेको एएनएच २२७ नम्बरको श्री एयर लाईन्सको जहाजको अगाडीको दाँयापट्टीको चक्कामा समस्या देखिएको एयरलाइन्सका एक कर्मचारीले बताएका छन्।

सो जहाज अवतरण भई पार्किङ गर्ने क्रममा एउटा चक्का खुस्केर झाडीमा गएको बताइएको छ। जहाजको चक्का खुस्किएर झाडीमा पुगेपछि विमानस्थलमा खटेका कर्मचारी र सुरक्षाकर्मीले चक्का खोजेका थिए। जहाज अहिले धनगढी विमानस्थलमै ग्राउन्डेड गरिएको छ।

प्राविधिक जाँच गरेपछि मात्र उड्न अनुमति दिइनेछ।

 

तपाईको प्रतिक्रिया