Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रुकुम पश्चिमको बाँफिकोटमा प्रहरी जवानलाई कुटपिट गर्ने चार जना पक्राउ परेका छन् । ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बाँफिकोट–४ का २८ वर्षीय लक्षमण बिक, सोही वडाका २२ वर्षीय जनक खनाल, बाँफिकोट–५ का २२ वर्षीय कैलास पुरी र वडा नम्बर–६ का एक जना बालक रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएका थिए ।प्रहरी जवानसँग बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसी र बाँफिकोट गाउँपालिका–३ का २७ वर्षीय गोबिन्द विक लगायतसँग सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।

घटनास्थलमा पुगेर सम्झाइ–बुझाइ गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएको खड्काले बताए । उनका अनुसार प्रहरी जवानमाथि हातपात गर्दै ढुङ्गा समेत प्रहार गरेको बताए । आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ । घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया