Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कर्तव्य ज्यान मुद्दामा सर्वश्वसहित जन्‍मकैद सजाय पाएका व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ ज्वालामुदी गाउँपालिका १ का सुर्य बहादुर दवाडी रहेका छन् । उनी भारतमा लुकी छिपी बसेको र हाल नेपालमा आउँदै गरेकाे भन्ने खबरकाे आधारमा केन्द्रीय अनुसन्धानको टोलीले साेमबार रूपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १, बेलहियाबाट पक्राउ गरेकाे हाे ।

अंश विवादमा झगडा हुँदा सूर्यबहादुरले श्रीमती सानुमायामाथि कुटपिट गरी नाम्लोले घाँटी कसेर रूखमा झुण्ड्याएर हत्या गरेका थिए। हत्यापछि शवलाई बुढी गण्डकी दोभानमा लगेर जलाएर अन्त्येष्टि समेत गरेका थिए।

धादिङ जिल्ला अदालतको मिति २०६१/०२/०५ गतेको फैसलाअनुसार उनलाई जन्मकैद ठहर भएको थियो । उनलाई थप कारवाहीको लागि जिल्ला अदालत धदिङ बुझाएको प्रवक्ता तथा सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया