Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापानको राजधानी टोकियोको अकिहाबारा स्टेशनमा रोकिएको ट्रेनमा एक महिलाले यात्रुमाथि चक्कु प्रहार गरेकी छन् ।यो बुधवार राती ११ बजेको घटना हो । यस घटनामा ढाध र छातीमा चक्कु प्रहर गरि चारजना घाइते भएका छन् । तर घाइतेहरुको ज्यान जोखिम मुक्त रहेको छ ।

राज्य टेलिभिजन एनएचकेले घटना टोकियोको व्यस्त सबवे लाइन मध्ये एक यामानोटे लुप लाइनमा भएको बताएको छ। पछि यो लाइनमा रेल सेवा केही समयका लागि बन्द हुँदा दशौ हजार यात्रु समस्यामा परेका थिए । रिपोर्टका अनुसार अकिहाबारा स्टेशनमा उपस्थित एक महिलाले अचानक चक्कुले आक्रमण गर्न थालिन् । तर, आक्रमणकारी महिलालाई नियन्त्रणमा लिइएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया