Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – धनुषामा प्रहरी हिरासतभित्र रहेका एक थुनुवाको मृत्यु भएको छ। हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र रहेका थुनुवाको गए राति मृत्यु भएको हो। सो घटना पछि स्थिति तनावग्रस्त बनेको छ। प्रहरीले नियन्त्रणमा लिएका दीपा मण्डलको मृत्युपछि अवस्था तनावग्रस्त भएको हो। परिवारजनले प्रहरीले नियन्त्रणमा लिएको दीपालाई निर्घात कुटपिट गरेपछि अवस्था बिग्रिएर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आरोप लगाएको छ।

भिडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ। हवाई फायर गर्दा एक जना घाइते भएका छन्। शंकर मण्डल घाइते भएका हुन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौं राउण्ड हवाई फायर गरेको स्थानीयले बताएका छन्।

तपाईको प्रतिक्रिया