Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया बुढाले प्रथम स्थान हात पारेकी छन् । बुढाले हङकङमा ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पार्न सफल भएकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तू बाट गत शुक्रबार राति १० बजे सुरु भएको एक सय किलोमिटरको प्रतिस्पर्धामा बुढाले १४ घण्टा ४० मिनेटमा निर्धारित दूरी पार गरी प्रथम भइन् । यो कीर्तिमानले बुढालाई शीर्षस्थानमा पुर्याएको हो । हङकङमा भएको ट्रेल रेस प्रतिस्पर्धामा बुढाको लगातार पाँचौँ जितसहित नयाँ कीर्तिमानी राखेकी छन् ।

पुरुषतर्फ नेपालका अर्जुन कुलुङ राईले तेस्रो स्थान हात पारे । कुलुङले निर्धारित दूरी १४ घण्टा ४७ मिनेट २६ सेकेन्डमा पूरा गरी तेस्रो स्थान प्राप्त गरे । फिलिपिन्सका जोन रे ओनिफाले ११ घण्टा ५७ मिनेट १६ सेकेन्डमा तोकिएको दूरी पार गरी प्रथम हुँदा स्विट्जरल्यान्डका गुइल्लौमे पेरोटले १४ घण्टा २ मिनेट ९ सेकेन्डमा पूरा गरेर दोस्रो स्थान हासिल गरे ।

सो प्रतिस्पर्धामा हङकङकै चेउङ मन यीले १४ घण्टा ५९ मिनेट २ सेकेन्ड र एन्जी यानले १६ घण्टा २५ मिनेट ३१ सेकेन्डमा पूरा गरी दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । दौडका क्रममा भने आफूले बाटो बिराउँदा हतासिनु परेको बुढाले बताइन् । प्रतिस्पर्धामा भएको दुःख सुनाउँदै सुनमायाले भनिन्, ‘म र अर्जुन हामी दुवैले एक नम्बर चेक पोइन्टबाट बाटो बिराएका थियौँ । रातिको समय अनि द्विविधायुक्त चिह्नका कारण हामीलगायत धेरै प्रतियोगीले बाटो बिराएका थिए ।

आफूले पहिलो पटक रात्रिकालीन समयको बाटोमा दौड्नु परेकाले आठ किलोमिटर बाटो बिराएको उनले बताइन् । बुढाले भनिन्, ‘दौड सुरुपश्चात् करिब १२-१३ किलोमिटर दूरीको उकालो पार गरेपछि चेक पोइन्ट १ मा पुगिन्थ्यो । पुगेपछि त्यहाँ दुईवटा चिह्न राखिएको थियो। अब कुन बाटो जाने भन्ने दोधारमा परियो । दौडका क्रममा केही प्रतिस्पर्धी त्यही बाटो लागेकाले हामी पनि पनि उतै लाग्यौँ ।’

बाटो बिराउँदा हरेस खाएकी उनले एक चिनियाँ पुरुष प्रतिस्पर्धीको सहयोगमा पुनः एक नम्बर चेक पोइन्टमा फर्केर तोकिएको ट्रेल रेसको यात्रामा लागिएको बताइन् । हारे पनि दौड्न छोड्नु हुन्न भनेर रेसमा जोडिएकी बुढाले लगातार ७५ किलोमिटर दूरी पार गरेपछि चेक पोइन्ट ७ मा निकटतम प्रतिस्पर्धीलाई भेटाएको जनाइन् । प्रतिस्पर्धीलाई भेट्दा आँट बढेर त्यहीँबाट उछिन्न सफल भएको बताउँदै पछाडि नफर्केरै जित हात पारेको उनले बताइन् । बुढाले द नर्थ फेस टिम एपिएबाट प्रतियोगितामा भाग लिएकी थिइन् ।

तपाईको प्रतिक्रिया