Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – चिरप्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिनाबीचको खेल केहीबेर अवरूद्ध भएको छ । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा आजको खेल सुरुहुनै लाग्ला समर्थकहरूबीच कुटाकुट भएपछि केहीबेरको तनावपछि खेल सुरु भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा खेल सुरू हुनअघि दुई देशका समर्थकहरूबीच हानाहान भएको थियो । बिहान सवा ६ बजे खेल सुरू हुनुभन्दा केही बेरअगाडि दुई देशका समर्थक समूहबीच हानाहान भएपछि माराकाना रंगशालामा तनाव उत्पन्न भएको हो । दुबै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिएलगत्तै फ्यानहरूबीच लडाइँ भएको थियो ।दुई देशका समर्थकहरू कुटाकुट गर्दा केही व्यक्तिहरू घाइते समेत भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले लाठी चार्ज गर्नुपरेको थियो । सुरक्षाकर्मीले लाठी चार्ज गरेर स्थितिलाई नियन्त्रणमा लिएपछि निर्धारित समयभन्दा आधा घन्टा ढिला गरि खेल सुरू भएको छ।

विश्वकप छनोटमा अर्जेन्टिना ५ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा छ । ब्राजिल ७ अंक जोडेर पाँचौ स्थानमा छ । सुरुवाती दुई खेलमा जित हात पारेपछि ब्राजिल छैटौं खेलमा जितको खोजीमा छ । तर अर्जेन्टिना प्रतिद्वन्द्वी पर्दा ब्राजिल दबाबमा छ । अर्जेन्टिनाले भने छनोटमा लगातार चार खेलमा जित निकाल्दा पाँचौ खेलमा पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया