Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं –  आयोजक राष्ट्र चीनले एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ । हालसम्म ६९ वटा पदक जितेर चीनले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पछिल्लो पदक तालिकाअनुसार चीनले पौडीमा ९ सहित कुल ३९ स्वर्ण पदक जितेको छ भने २१ रजत र ९ कास्यसहित ६९ वटा पदक जितिसकेको छ ।

पदक तालिकामा दोस्रो स्थानमा रहेको कोरियाले १० स्वर्ण, १० रजत र १३ वटा कास्य पदक जितेको छ । त्यस्तै जापानले ५ स्वर्ण, १४ रजत र १२ वटा कास्य पदकमा आफ्नो कब्जा जमाएर तेस्रो स्थान सुरक्षित गरेको छ ।

त्यसैगरी उज्वेकिस्तानले ४ स्वर्ण, चार रजत र ६ कास्य जितेको छ हङकङ ३ स्वर्ण, ४ रजत र ७ कास्यसहित पदक तालिकामा पाँचौ स्थानमा रहेको छ । सुटिङ र क्रिकेटमा २ स्वर्ण पदक हासिल गरेको भारतले ३ रजत र ६ वटा कास्य पदक प्राप्त गरेर छैटौँ स्थानमा आफूलाई समेटेको छ ।

त्यसैगरी चाइनिज ताइपेइले २ तथा इन्डोनेसिया, थाइल्याण्ड, मकाओ र ताजकिस्तानले एक एक स्वर्ण पदक जितेका छन् ।  नेपालको भने एशियन गेम्समा खराब शुरुवात भएको छ ।  अहिलेसम्म नेपालले कुनै पदक जित्न सकेको छैन ।

तपाईको प्रतिक्रिया