Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

समाचार सुन्नुहोस् :

काठमाडौं – चिनियाँ सरकारले प्रतिबन्ध लगाएपछि एप्पलको शेयरमा भारी गिरावट आएको छ । चीनको सरकारी कार्यालयमा आईफोन प्रयोग गर्न नदिने निर्देशन आएसँगै एप्पलको शेयर मूल्यमा छ प्रतिशतले गिरावट आएको हो । बीबीसीका अनुसार बिहीवार र शुक्रवार एप्पलको शेयर मूल्य २०० अर्ब डलरले घटेको छ । १८ प्रतिशत आम्दानी हुने चिनियाँ बजार एप्पलकाे सबैभन्दा ठूलो बजारमध्येको एक हो । त्यही देशको सरकारी कार्यालयमा प्रतिबन्ध लागेपछि एप्पलको शेयरमा गिरावट आएको बताइएको छ । त्यस्तै चीनमा रहेको फक्सकन सप्लायर्सले नै एप्पलका अधिकांश प्रडक्ट उत्पादन गर्ने गर्छ ।

वाल स्ट्रिट जर्नलले बुधबार एक रिपोर्ट सार्वजनिक गर्दै बेइजिङ (चीनको राजधानी)ले केन्द्रीय सरकारी निकायका अधिकारीलाई कार्यालयमा आईफोन नल्याउन निर्देशन दिएको जनाएको थियो । सो रिपोर्टका अनुसार कार्यालयमा आईफोन प्रयोग नर्गन कर्मचारीलाई सुपरभाइजरले हालै मात्र निर्देशन दिएका थिए ।

आईफोन मात्र नभई सरकारी कार्यालयमा अन्य विदेशी ब्रान्डका डिभाइसमाथि पनि प्रतिबन्ध लगाइएको छ । चीनका केही सरकारी निकायमा आईफोनमाथि प्रतिबन्ध लागिसकेको भए पनि सबै ठाउँमा लागू हुन बाँकी छ । चीनले किन एप्पल तथा विदेशी ब्रान्डका स्मार्टफोनमाथि प्रतिबन्ध लगाएको हाे भन्ने खुल्न सकेको छैन । मंगलबार एप्पलले आईफोन १५ सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ । यसको उत्तरार्धमा एप्पल डिभाइसमाथि प्रतिबन्ध लाग्नुले एप्पललाई ठूलो नोक्सानी हुने विश्लेषण गरिएको छ । यद्यपि प्रतिबन्ध लागेको हो वा होइन भन्ने विषयमा चिनियाँ सरकारले आधिकारिक भनाइ राखिसकेको छैन । एप्पलले पनि यस विषयमा आधिकारिक विज्ञप्ति निकालेको छैन ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया