Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं– एसिया कप क्रिकेटका लागि नेपाली टिम पाकिस्तान गइसकेको छ। आगामी अगस्ट ३० देखि सुरु हुने खेलमा सहभागी देशहरुमा नेपाली टिममा युवा खेलाडीहरुको वर्चस्व देखिएको छ।भारतले ७ जना खेलाडी ३० कटेका पठाउँदा नेपाली टिममा भने करण केसी एकजना मात्रै ३१ वर्ष उमेरका छन्। औसतमा नेपाली टिमको उमेर २२ वर्ष रहेको छ। जबकि भारतको २९ वर्ष हुन आउँछ। भारतीय टिमका कप्तान रोहित शर्मा ३६ वर्ष ११३ दिनका भएका छन्। उनी भारतकै सबैभन्दा पाका खेलाडी हुन् भने २० वर्षीय तील वर्मा सबैभन्दा कान्छा छन्।

भारतीय टिममा विराट कोहली (३४), रवींद्र जडेजा (३४), सूर्यकुमार यादव (३२), मोहम्मद शमी (३२), केएल राहुल (३२) र शार्दूल ठाकुर (३२) वर्षका रहेका छन्। प्रतियोगिताकै कान्छा खेलाडी नेपालका गुलशन झा छन्। उनी १७ वर्षका भए। सबैभन्दा पाका बंगालादेशी क्याप्टेन सकिब अल हसन ३६ वर्ष ५ महिनाका भए।

पाकिस्तानी टिममा ४ खेलाडीले ३० पार गरेका छन् भने औसत उमेर २६ वर्ष रहेको छ। बंगालदेशका क्याप्टेन हसनबाहेक अर्का एक खेलाडी ३० पार गरेका छन्। श्रीलंका र अफगानस्थानको टिम घोषणा हुन बाँकी छ। तर, ती टिममा पनि अनुभवी र युवाको खेलाडीको मिश्रण हुनेछ। भारतजस्तो धेरै खेलाडी पाका र नेपाल जस्तो धेरै खेलाडी युवा हुने छैनन्।प्रतियोगिताको पहिलो खेल पाकिस्तानमा नेपाल र पाकिस्तानबीच हुनेछ।

 

तपाईको प्रतिक्रिया