Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – प्रि-सिजनको मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नका लागि पिएसजी एसिया प्रस्थान गर्दा एमबाप्पेलाई भने टोलीमा राखिएको छैन । सम्झौता नविकरणबारे क्लबसँग सहमति हुन नसक्दा क्लबले उनलाई हाल टोलीमा नराख्ने निर्णय लिएको हो । हालको सम्झौता अनुसार एमबाप्पे यस सिजनको अन्त्यमा फ्रि एजेन्ट बन्नेछन् । तर पिएसजी उनलाई नयाँ सम्झौता गराउन चाहन्छ । यदि एमबाप्पेले नमानेको अवस्थामा क्लबले उनलाई अन्यत्र बेचेर ट्रान्सफर रकम हासिल गर्ने सोच बनाएको छ ।

एमबाप्पेको नाम लामो समयदेखि स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिएको छ । उनले अर्को सिजन फ्री एजेन्टको रुपमा रियल म्याड्रिड जाने मनसाय बनाएको आँकलन पिएसजीको छ । एमबाप्पेले अब क्लबले दिएको नयाँ सम्झौता नवीकरण गर्ने वा पुरानो सम्झौता अनुसार एक वर्ष हालकै सम्झौतामा थप गर्ने विकल्प छ । त्यसो नहुँदा पिएसजीले उनलाई अन्य क्लबमा बेच्ने अनुमान रहेको छ । उनलाई खरिद गर्न १ सय मिलियन युरोभन्दा माथिको माग पिएसजीले राख्ने आँकलन छ ।

सन् २०१७ मा १ सय ६५ मिलियन पाउन्डमा मोनाकोबाट पिएसजी आएका उनी विश्वकप दोस्रो महँगा खेलाडी हुन् । उनले पिएसजीको सर्वाधिक गोलकर्ता बन्ने क्रममा २ सय ६० खेलमा २ सय १२ गोल गरेका छन् । पिएसजीले नयाँ सिजनका लागि स्पेनिस प्रशिक्षक लुइस एन्रिकेलाई भित्र्याएको छ । गत सिजनको अन्त्यसँगै लिओनेल मेस्सीले क्लब छाडेपछि पिएसजीको आक्रमणमा असर पर्ने अनुमान रहेको थियो । अब एमबाप्पे पनि अनुपस्थित हुँदा नेयमारमाथि थप जिम्मेवारी हुनेछ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया