Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – एसिसी यू१६ इस्ट जोन कपअन्तर्गतको सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपालले फाइनलमा स्थान सुक्षित गरेको छ । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा जम्मा ८७ रन बनाएर अल आउट भयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो ।

नेपालका लागि अभिषेक तिवारीले पहिलो ओभरको अन्तिम बलमै सिंगापुरका ब्याटर श्रेयान चयौंलाई २ रनमै क्याच आउट गराएका थिए । उनको बल टप एज लागेर दिपु कुमारले समातेका थिए ।

त्यस्तै, कार्तिक कामतले २.३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । स्पिनर सन्तोष यादवले ७ ओभरमा ३ मेडनसहित ५ रन खर्चेर १ विकेट लिए । नरेन भट्टले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर १ विकेट लिए । अशोक धामीले ७ ओभरमा २ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । अभिषेक तिवारी र प्रतिक पोखरेलले समान एकएक विकेट लिए ।

नेपालको जितमा ओपनर निरजकुमार यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रनको महत्वपूर्ण योगदान दिए । सुर्यांशुले ४९ बलमा ६ चौकासहित ४३ रन बनाएका थिए ।

कप्तान अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रन बनाए । सन्तोष यादवले २४ बलमा २ चौकासहित १८ रन जोडे । प्रतिक भट्टराईले १२, दीपु कुमार १२, आषिश लुहारले ६ रन बनाए । नरेन भट्ट ३ रन बनाए ।

सिंगापुरका हरिहरनले ७ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । कप्तान हर्ष वेंकटरामले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कबिरले ५ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । नेपालले मंगलबार फाइनलमा मलेसियासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया