Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – वेस्ट इन्डिजले एकदिवसीय विश्व कप नखेल्ने भएको छ । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको खेलमा स्कटल्यान्डसँग हारेपछि वेस्ट इन्डिज इतिहासमा पहिलो पटक एकदिवसीय विश्व कप नखेल्ने भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जिम्बावेको हरारेमा वेस्ट इन्डिजले दएको १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले ४३ ओभर ३ बलमा तीन विकेट गुमाएर पूरा गर्यो । उसका ब्रान्डर म्याक मलनले ६९ र म्याथु क्रसले ७४ रन बनाए । स्कटल्यान्डले वेष्ट इन्डिजसँग अहिलेसम्म चार पटक एकदिवसीय खेलेकोमा आज पहिलोपटक जित निकालेको हो । यसअघि हरारेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ४३ ओभर ५ बलमा १ सय ८१ रन बनाउँदा अलआउट भयो । उसका लागि ज्यासन होल्डरले सर्वाधिक ४५ रन बनाए ।

स्कटल्यान्डका ब्रान्डन म्याक मलेनले ३ तथा क्रिस ग्रिभ्स,मार्क वाट र क्रिस सोलले २/२ विकेट लिए । सुपर सिक्समा वेष्ट इन्डिज पाँचौँ स्थानमा छ । सुपर सिक्सका उत्कृष्ट दुई टोली विश्व कपको लागि छनोट हुनेछन् । समूह चरणको अन्तिम खेलमा वेस्टइन्डिज सुपर ओभरमा नेदरल्यान्ड्ससँग पराजित भएपछि विश्व कप यात्रा निकै कठिन बनेको हो ।

सुपर सिक्समा वेस्ट इन्डिज पाँचौँ स्थानमा छ । सुपर सिक्सका शीर्ष दुई टोली विश्वकपको लागि छानिनेछन् ।

तपाईको प्रतिक्रिया