युएई – युएइका कलाकारहरुको श्रम शोषण भएको आवाज उठिरहेका बेला ब्यबसायिक हुने जमर्को गर्दै युएइका नेपाली कलाकारहरु संगठित भएका छन ।
नोवेम्बेर १६ तारिख दुबइको याक एण्ड यति होटलमा एक भेलाको आयोजना गरि युएइमा कलाकारिता गर्ने कलाकारहरुको पेशागत हक, हितका लागि भन्दै संगठित भएका हुन । कलाकारहरुको भेलाले नेपाल कलाकार संघ युएई शाखा गठन गर्दै एक ७ सदस्य तदर्थ समिति पनि गठन गरेको छ ।
भेलाले समितिको आशिष पुरुष संयोजक, रमेश खड्काले सचिबको जिम्मेवारी तोकेको छ । सदस्यहरुमा अनुराग थपलिया, संगीता उप्रेती, दीपक कुवर, निष्चल श्री, सरस्वती बिष्ट रहेका छन । भेलाले दुई महिना भित्रमा कलाकार नीति तथा विनियम तयार गरी युएइमा कालाकारिता गर्ने सम्पूर्ण कलाकारको एक भेला गरि समितिलाई पूर्णता दिन तदर्थ समितिलाई अधिकार दिएको छ ।
कार्यक्रममा बोल्ने अधिकांश कलाकारहरुले युएई नेपाली कला संस्कृतिको एक उर्वरभूमि रहेको भएपनि यहांका कलाकारहरु ब्याबसायिक हुन नसकेको बताए । कलाकारितालाई मर्यादित तथा ब्यबसायिक बानाउन संगठित हुनुपरेको कलाकार रमेश खड्काले बताए । । उनले प्रवासमा रहेर पनि नेपाली कला, संस्कृतिको संरक्षण गर्ने हामी कलाकारको कुनै पहिचान नरहेकोले अब आफ़्नो पहिचानको लागि संगठित हुन आवश्यक रहेको बताए ।
तिन दर्जन भन्दा बढी गीतमा मोडल र टेलिचलचित्रमा देखापरिसकेका कलाकार अनुराग थपलियाले प्रवासका संघसंस्थाले हाम्रो प्रदशर्नीलाई आधार बनाइ चर्चा तथा आर्थिक लाभ उठाउने गरेको बताउंदै उनले हामीलाई धन्यबाद बाहेक केहि मिल्दैन । हामी रोजगारीका लागि युएई आएका हौं हामीले हाम्रो अतिरिक्त पेशा कलाकारिताको पनि पारिश्रमिक पाउनुपर्छ थपलियाको तर्क थियो । त्यसमा पनि हामी नेपालमै स्थापित भैसकेका कलाकारहरुको यहां कुनै पहिचान नभएको उनको तर्क थियो ।
कलाकार आशिष पुरुषले युएइमा रोजगारी गर्ने कलाकारलाई स्थानिय कलाकार भन्ने गरिएकोमा आपति जनाउदै हामी बिदेशमा कलाकारिता गर्ने स्थानीय कलाकार हुने हामी भन्दा जुनियर कलाकार यहांका संघसंस्थाले मोटो रकम खर्चिएर ल्याउंदा उनीहरु राष्ट्रिय कलाकार भन्दै चर्चा गर्ने गरेकोमा दुख लाग्ने बताए । उनको तर्क थियो हामी अन्तराष्ट्रिय कलाकार हौ । हामीलाई हाम्रो पहिचानको लागि अब एक ढिक्का हुनुपर्ने हुनाले संगठित भएको बताए ।
भेलाले तदर्थ समितिलाई आवश्यक सरसल्लाह दिनका लागि एक सल्लाहकार समिति बनाएको संयोजक पुरुषले बताए । सल्लाहकार समितिमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खडका, नृत्य निर्देशक रमण दाहाल, रंगकर्मी विजय सुब्बा, रंगकर्मी तथा पत्रकार त्रिलोचन कोइराला, कलाप्रेमी बिदुर रावत रहेका छन ।