काठमाडौं – लिओनल मेस्सीले करियरकै सबभन्दा छिटो गोल गर्दा अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा अस्ट्रेलियालाई हराएको छ ।
बिहीबार बेइजिङमा भएको खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २–० गोल अन्तरले हराएको हो । खेलमा अर्जेन्टिनाका लागि ३५ वर्षीय कप्तानले एक मिनेट १९ सेकेण्डमै गोल गरेका थिए । यो मेस्सीको करियरकै सबैभन्दा छिटो गोल समेत हो ।
२०२२ को विश्वकप सुरु भएदेखि मेस्सीले अर्जेन्टिनाका लागि विगतका १० खेलमा १२ गोल गरेका छन् । अर्जेन्टिना विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएयता अपराजित छ ।