काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सभापतिमा रहेर काम गर्ने कार्यकाल यहि नै अन्तिम रहेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा उनले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै अब युवा पुस्ताकै पालो भएको बताएका हुन् ।
उनले आफूले नेपाली कांग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै आफूले सहयोग मात्रै गर्ने बताए । उनले कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताए । उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताउँदै सबैले काम गर्नुपर्ने बताए ।
उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको दाबी गरे । सबै एकजुट भएर लागेमात्रै पार्टीलाई बलियो बनान सकिने सभापति देउवाको भनाई छ ।