Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक अभियुक्त यसअघि पनि अन्य अपराधमा पक्राउ परेको खुलेको छ ।

नेपालीलाई नक्कली कागजात खडा गरी भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा करोडौँ रुपैयाँ ठगी प्रकरणमा पक्राउ परेका मुख्य बिचौलिया मध्येका एक सन्देश शर्मा पोखरेल यसअघि सामूहिक बलात्कार मुद्दामा पक्राउ परेको अनुसन्धानको क्रममा खुलेको जनाइएको छ । उनी ०७६ कात्तिक ३ गते सामूहिक बलात्कार अभियोगमा पक्राउ परि छुटेको खुलेको हो ।

नेपाल विद्यार्थी संघका नेता ज्ञानेन्द्र गजुरेलसहित उनलाई पक्राउ गरेको थियो । पछि युवतीलाई ६० लाख दिने प्रलोभनमा उनीहरूले बयान फेर्न लगाई छुटेका थिए । जुन मुद्दा अझै विचाराधीन रहेको छ । कम्तीमा ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन लागिएको छ । मुद्दा चलाउन लागिएकामध्ये १६ जना पक्राउ परिसकेका छन् ।

तपाईको प्रतिक्रिया