काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक सोमबारका लागि बोलाइएको छ । बैठकले संसदीय दलको नेता चयनका लागि सरकारबारे आवश्यक निर्णय लिने छ ।
बिहान ११ बजेपछि केन्द्रीय समितिको बैठक बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
रास्वपाले सरकारबारे के गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ । आइतबार मात्रै सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन कायमै राख्न अनुरोध गरेका थिए । तर रास्वपा आफूहरुको माग सम्बोधन हुने अवस्था नरहेको भन्दै सरकारमा जान सकारात्मक नरहेको बताइएको छ ।