Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से घटे पनि कारोबार रकम भने केही बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.११ अंकले तल झरेको हो । १.०१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८७०.६५ अंकमा झरेको छ ।

आज २७१ कम्पनीका ३२ लाख ६ हजार ४ सय ५० कित्ता शेयर कारोबार हुँदा ९५ करोड ४३ लाख २२ हजार ३ सय ७७.९४ रुपियाँ बराबरको कारोबार भएको हो ।बजार घटेको दिन एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड २ का लगानीकर्ताहरुले ३.३३ प्रतिशतले नाफा कमाएका छन् भने एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.८९ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४ करोड २५ लाख १० हजार ८ सय २५ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया