Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – भूकम्पले क्षतिग्रस्त भएका देशभरका २ सय १७ वटा सम्पदा पुनर्निर्माण गर्न करिब २ अर्ब रुपियाँ लाग्ने भएको छ । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार २ अर्ब रुपियाँको व्यवस्था भए आगामी आर्थिक वर्षमा सबै सम्पदाहरू पुनः निर्माण सम्पन्न हुनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बजेट अभावका कारण सम्पदा पुनर्निर्माणमा कठिनाइ परेको जिकिर गर्दै प्रवक्ता कुँवरले भने, बजेट अभाव नभएको भए दुई वर्षअघि नै सम्पन्न हुने थियो । सरकारले माग गरेअनुसार बजेट व्यवस्था गरे अबको दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न भइसक्नेछ ।

भूकम्प गएको वर्ष पुगिसक्दा पनि पुनर्निर्माणले गति लिन सकेको छैन। तर, पुरातत्व विभागले भने दुई वर्षदेखि नै अबको दुई वर्षमा क्षतिग्रस्त सबै सम्पदा पुनर्निर्माण भइसक्ने दाबी गर्दै आएको थियो । गत वर्ष विभागले २०८२ सालसम्ममा सबै सम्पदाको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको थियो । तर, यही अवस्थामा अर्को दुई वर्षमा पनि निर्माण सम्पन्न हुन सक्ने अवस्था देखिदैन ।

तथ्यांकअनुसार भूकम्पले २८ जिल्लाका ९ सय २० वटा सम्पदामा क्षति पुयाएकोमा हालसम्म देशभरका ७ सय ३ सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । सयवटा सम्पदाहरू पुनः निर्माणको क्रममा रहेका छन् । –नेपाल समाचारपत्र दैनिकबाट

तपाईको प्रतिक्रिया