Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – मधेश प्रदेश सरकारले सरकारी कामकाजका भाषासम्बन्धी प्रदेशसभामा प्रस्तुत गरेको विधेयक फिर्ता लिएको छ। भाषासम्बन्धी विधेयकमा विवाद उत्पन्न भएपछि प्रदेश सरकारले आजको प्रदेशसभा बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव अघि सारेको थियो। सभामुख रामचन्द्र मण्डलले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो।

गत बुधवार शिक्षामन्त्री रानीकुमारी तिवारीले प्रदेशको सरकारी कामकाजमा प्रयोग हुने भाषाका लागि विधेयक सभा समक्ष राख्नुभएको थियो। तर, हिजोको प्रदेशसभा बैठकमा अधिकांश सांसदहरूले विधेयकमा धेरै स्थानीय भाषाको उपेक्षा भएको भन्दै असन्तोष प्रकट गरे। विधेयकले थारु र मगहीजस्ता स्थानीय भाषालाई समेटेको छैन भन्ने गुनासो उठेको थियो, जसका कारण विधेयकको विरोध सभा भित्र र बाहिर दुबै स्थानमा तीव्र भयो।

यसअघि प्रस्तुत विधेयकले कामकाजी भाषाका रूपमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी, र अङ्ग्रेजीलाई समावेश गर्ने प्रस्ताव राखेको थियो।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया