Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ज्यान गुमाएका सात जना नेपालीका परिवारले क्षतिपूर्ति बापत जनही ६ लाख ५० हजार भारतीय रुपैयाँ (करिब १० लाख ४० हजार नेपाली रुपैयाँ) पाउने भएका छन्। भारतीय केन्द्र सरकारले १ लाख ५० हजार भारू र महाराष्ट्र सरकारले ५ लाख भारू क्षतिपूर्ति दिने घोषणा गरेका छन्। यसमध्ये ५० हजार भारू नगद तथा बाँकी बैंक खातामा जम्मा गरिने बताइएको छ।

महाराष्ट्रको जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा बिहीबार साँझ भएको रेल दुर्घटनामा १३ जनाको मृत्यु भएकोमा सात जना नेपालीसमेत रहेका छन्। दुर्घटनामा चार जना नेपाली घाइते भएका छन्। मृतकमध्ये अछामका नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु; जयकला कामी, कैलालीकी कमला भण्डारी, बाँकेका राधेश्याम र मधेस प्रदेशका लच्छिराम पासी छन्।

मृतकको शव नेपाल ल्याउन र अन्त्येष्टि व्यवस्थापन गर्न महाराष्ट्र सरकारले निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको प्रवासी नेपाली संघका मनीषकुमार भूमिले बताएका छन्। कमला भण्डारीको शव नेपाल ल्याइने छ भने नन्दाराम विकको परिवारको पुणेमा अन्तिम संस्कार गरिने छ। जयकला कामीको शव अछाममा ल्याउने तयारी भइरहेको छ। घाइते भएकाहरूको उपचार जारी रहेको छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया