Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

दुबई -तिहारको पावन अवसर पारेर नेपाली एकता समाज युएईको केन्द्रीय समितिको आयोजनामा नोभेम्वर १५ र १६ दुई दिन युएईका विभिन्न प्रतिष्ठित सहर दुबई, अबुधावी, शारजाह र अजमानमा देउसी भैलो खेल्ने भएको छ । मुस्लिम मुलुकको भूमिमा पनि पूर्खाबाट चलिआएको नेपाली रीतिरिवाज र परम्परालाई कायम राख्दै यसपालिको तिहारलाई देउसी र भैलोको गीत गाउदै रमाइलोसंग मनाउन लागेका हुन् ।
उक्त निर्णय गत ९ नोभेम्बर शुक्रबारका दिन दुबईस्थित मेट्रो पार्कमा नेपाली एकता समाज युएईका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा वसेको वैठकले पारित गरेको हो । भर्खरै मात्र महाअधिवेशनबाट चुनिएका नयां कार्यसमितिको यो पहिलो कार्यक्रम भएको हुनाले सबैजना उत्साहका साथ तयारीमा लागिपरेका छन् । केन्द्रीय समितिको आयोजनामा हुने भएता पनि क्षेत्रीय समितिहरुको पनि पूर्ण सहभागिता रहने जनाइएको छ ।
देउसी भैलोबाट आएको रकमलाई युएईस्थित आपत विपतमा परेका नेपालीहरुको उद्धार तथा सहयोग कार्यमा खर्च गरिने सोही समाजका सल्लाहकार शिवराज जैसीले बताएका छन् । स्थापनाकालदेखि नै उद्धार कार्य क्षेत्रमा सहभागिता रहेता पनि यस देउसी भैलो कार्यक्रमले नयां आयाम थपिने जनाइएको छ । यस्ता खाले कार्यक्रममा केवल मनोंरञ्जन मात्र नभएर एक आपसमा भाईचारा र सत्भावको बिकास पनि हुने गर्दछ ।
त्यस्तैगरी युएईमा रहेका विभिन्न नेपाली पसलहरुमा तिहारको पर्वमा प्रयोग गरिने तथा सजावटको सरसमानले सजिएको छ भने नेपाली रेष्टुरेण्टहरुमा नेपाली परिकार र पकवानहरुको पनि चहल पहल बढ्न थालेको छ । दिदीबहिनीहरुले दाजुभाईहरुलाई टिका लगाई दिनका लागि तयारीमा जुटेको पनि प्रशस्त देख्न पाईन्छ । पर्वको बेलामा आफ्नो घर परिवारबाट टाढा रहेर लिंगे पिङ खेल्न नपाए पनि जे होस् लाग्छ युएईमा पनि तिहार आउंदै छ । कार्यक्रम महासचिव  कृष्ण भुसालको सन्चालनमा सम्पन्न भएको िथयो । ***

तपाईको प्रतिक्रिया