Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

समाचार सुन्नुहोस् :

काठमाडौँ – बलिउड अभिनेता सलमान खानलाई ठुलो राहत दिँदै, मुम्बई उच्च अदालतले बिहीबार एक पत्रकारको उजुरीमा उनी विरुद्ध दायर गरिएको आपराधिक मुद्दा खारेज गरेको छ ।सलमान खानका वकिल अबाद पोन्डाले बीबीसीसँगको कुराकानीमा सन् २०१९ मा एक पत्रकारले सलमान खानविरुद्ध धम्की दिएको मुद्दा दर्ता गराएका थिए । उनले भने, ‘म मेरो क्लाइन्टका लागि खुसी छु । बम्बई हाईकोर्टले उनलाई राहत दिएको छ र उनी विरुद्ध चलिरहेको मुद्दा खारेज गरेको छ ।’

बम्बे उच्च अदालतका न्यायाधीश भारती डागरेको इजलासले बिहीबार यस्तो निर्णय गरेको हो ।उजुरीकर्ता पत्रकारले आरोप लगाएका छन् – २०१९ मा सलमान सडकमा साइकल चलाइरहेको बेला उनको झगडा भएको थियो । उनले आफ्नो उजुरीमा सलमान खानले आफ्नो फोन खोसेको पनि दाबी गरेका थिए ।यो मामिला पहिले डीएन नगर प्रहरी थाना र त्यसपछि त्यहाँबाट मजिस्ट्रेट अदालतमा पुगेको थियो ।अदालतले सलमान खानविरुद्ध कानुनी कारबाहीका लागि पर्याप्त आधार रहेको बताएको थियो ।

यस सम्बन्धमा, उनी विरुद्ध एक समन आदेश जारी गरिएको थियो, जसलाई सलमानले बम्बई उच्च अदालतमा चुनौती दिएका थिए ।गत वर्ष अप्रिलमा बम्बे उच्च अदालतले यस मुद्दामा रोक लगाएको थियो ।आफ्नो याचिकामा सलमान खानले मुद्दा बन्द गर्न पनि माग गरेका थिए, जसलाई आज उच्च अदालतले स्वीकार गरेको छ ।सलमान खानका वकिलले सुनुवाइको क्रममा बम्बे हाई कोर्ट समक्ष भने – अभिनेताले आफ्ना अंगरक्षकहरूलाई उनको फोटो/भिडियो खिच्नबाट मात्रै मनाही गरेका थिए ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया