Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024

काठमाडाैं । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा-जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई कारबाही गरेको छ । प्राधिकरणले भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै समिट एयरका पाइलट र को-पाइलटलाई निलम्बन गरेको हो ।

क्यानकाअनुसार अर्को आदेश नभएसम्म ती पाइलटहरूलाई उडानमा प्रतिबन्ध गर्दै थप छानबिन अघि बढाइएको छ । भिएफआर (ककपिटबाट पाइलटले अगाडि हेरेर गर्ने उडान) मा बादलभित्र पस्दा भिजिविलिटी कम हुन्छ । अगाडिको दृश्य देखिँदैन। त्यसले गर्दा जहाज दुर्घटना हुने जोखिम बढी हुने गर्छ ।

गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको जहाज दुर्घटना भएको समयभन्दा केही सेकेन्ड अगाडि यही रुटमा उडान गरेको समिट एयरका पाइलट र को-पाइलट कारबाहीमा परेको क्यानले जनाएको छ । पोखरा-जोमसोम रुटमा तारा र समिट एयरले उडान गर्दै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया