Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – बक्स अफिसमा उछाल कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’लाई टिकटक र युट्युबजस्ता प्लेटफर्मलाई नियमन गर्नुपर्ने चुनौती थपिएको छ । शुक्रबारदेखि फिल्म रिलिज भएलगत्तै दर्शकले यी प्लेटफर्ममा एकदेखि १५ मिनेटसम्मका भिडियो क्लिप्स पोस्ट गरिरहेका छन् । महत्वपूर्ण दृश्य नै टिकटकमा बाहिरिंदा निर्मातालाई हैरानी भएको छ ।

‘क्लिप्सहरु राखेर पूरा फिल्म नै टिकटकमा आउन थालेको छ । यसलाई नियमन गर्नुपर्ने चुनौती भएको छ,’ निर्माता तथा अभिनेता दीपकराज गिरीले भने । फिल्म हलमा नै कर्मचारी खटाएर यसबारे कडाइ गर्नुपर्ने माग उनको छ ।

टिकटकमा समस्या भएपछि निर्माताले हलहरुको छाता संस्था चलचित्र संघसँग आइतबार गुनासोसहित छलफल गर्दैछन् । साथै, प्रहरीको साइबर ब्युरोसँग पनि यसबारे छलफल भएको निर्माता गिरीले बताए । तर फिल्म बढी चल्ने दिन शुक्रबार र शनिबार नै साइबर ब्युरोमा काम नहुने भएपछि निर्मातालाई समस्या भएको छ । ‘अपराध त बिदाको दिनमा पनि हुन्छ नि । तर साइबर ब्युरोमा शुक्रबार र शनिबार काम हुँदैन । यसले हामीलाई समस्या भएको छ,’ गिरीले भने ।

युट्युबमा पोस्ट हुने भिडियोलाई रिपोर्ट गरेर हटाउन सकिने भएपनि टिकटकमा चाहिं समस्या भएको उनले जनाए । टिकटकको यो समस्या छक्कापञ्जालाई मात्र होइन, अन्य फिल्मको छायांकनदेखि रिलिजसम्मै असर पुर्‍याइरहेको छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया