Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024

काठमाडौं – सन् २०२३ को सुरुवातदेखि नै नेपालको पर्यटकीय गतिविधिमा सुधार आएको छ । पर्यटकीय गतिविधिका लागि अफसिजन मानिने महिनामा पनि विदेशी पाहुना आउनेक्रम उत्साहजनक देखिएकोले पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिएको हो । सुरुवाती दुई महिना अर्थात जनवरी र फ्रेब्रुअरीमै एक लाख भन्दा बढी विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार २०२३ को दुई महिनामा एक लाख २८ हजार ३२९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको यो सुधारले पर्यटन क्षेत्रलाई केही हदसम्म सकारात्मक ऊर्जा प्रदान गरेको पर्यटन बोर्डको भनाई छ ।

बोर्डको तथ्यांक अनुसार गत जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका छन् । यस महिना सबैभन्दा बढी पर्यटक भारतबाट आएको देखिन्छ । २०२३ को जनवरीमा भारतबाट मात्रै १६ हजार ४३६ जना पर्यटक नेपाल आएका छन् ।त्यस्तै, सबैभन्दा बढी पर्यटक आएकाहको दोस्रो स्थानमा अमेरिका रहेको छ । जहाँबाट यस महिना ६ हजार ५६१ जना पर्यटक नेपाल आएका थिए । यसका साथै अष्ट्रेलियाबाट ३ हजार ४४१ र बंगलादेशबाट २ हजार ४६८ जना पर्यटक नेपाल आएका छन् ।

जनवरीमा भन्दा बढी पर्यटक फ्रेब्रुअरी महिनामा आएका छन् । फेब्रुअरी महिनामा ७३ हजार २५५ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । जनवरी महिनाको तुलनामा फेब्रुअरी महिनामा १८ हजारभन्दा बढी संख्यामा पर्यटक नेपाल आएको देखिन्छ ।अघिल्लो वर्ष सन् २०२२ को फेब्रुअरीमा १९ हजार सात सय ६६ पर्यटकको नेपाल आगमन भएको थियो । सन् २०२१ को सोही महिनामा नौ हजार एक सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यस वर्षको फेब्रुअरीमा भारतबाट १८ हजार चार सय एक पर्यटक आएका छन् । अमेरिकाबाट सात हजार आठ सय ८७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, थाइल्याण्डबाट चार हजार आठ सय दुई, दक्षिण कोरियाबाट तीन हजार दुई सय ४६, अष्ट्रेलियाबाट दुई हजार नौ सय ६९, चीनबाट दुई हजार दुई सय ६६, म्यानमारबाट दुई हजार दुई सय ३२, श्रीलङ्काबाट दुई हजार एक सय १७ र जर्मनीबाट दुई हजार एक सय आठ पर्यटक नेपाल भित्रिएका छन् ।

पछिल्लो तथ्याङ्कले महामारीपछि फेब्रुअरी महिनामा हालसम्मकै उल्लेख्य सङ्ख्यामा पर्यटक आएको देखिन्छ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।

 

तपाईको प्रतिक्रिया