Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली बजारमा खाना पकाउने एलपी ग्यासकाे मूल्य नबढाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य बढेर आए पनि नेपालमा भने तत्काल मूल्य नबढाउन उनले निर्देशन दिएका हुन् ।भारतले मङ्गलवारदेखि एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु ३३९.०६ ले बढाएर पठाएकाे थियाे । एकैपटक यति मूल्य बढेर आएपछि यता  नेपाल आयल निगमले मूल्य वृद्धि गर्ने तयारी थालेको थियो । तर प्रधानमन्त्रीले निर्देशन दिएपछि राेकिएकाे छ ।आम उपभोक्ता र विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै प्रधानमन्त्री दाहालले बुधबार तत्काल मूल्यवृद्धि नगर्न निर्देशन दिएका हुन् । यस निर्देशनले तत्काल ग्यास उपभाेक्तालाई राहत पुगे पनि भविष्यमा भने मूल्य बढ्न सक्ने अडकल गरिएकाे छ ।

तपाईको प्रतिक्रिया