काठमाडौं – नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने विदेश गएर पनि खेल्न पाउने भएका छन् । क्रिकेटर लामिछानेलाई सर्वाेच्च अदालतको आजको फैसलाले विदेश गएर खेल्न पाउने अनुमति दिएको हो । यस्तै, लामिछानेले विदेश गएर फर्केको १५ दिनमा अदालतमा हाजिर हुनपर्ने पनि आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपको पक्षमा निर्णय गरेको हो । सन्दीपले आफूलाई विदेश गएर खेल्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए। त्यस्तै महान्यायाधीवक्ताको कार्यालयले भने उनलार्ई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै निवेदन दिएको थियो।
सन्दीपमाथि नाबालिग बलात्कारको अभियोग लागेको छ । धरौटीमा रिहा हुँदा उनलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा थुनामुक्त गरेको थियो ।