काठमाडौं – बलिउडमा चलेको फिल्म ‘हेरा फेरी’ को तेस्रो संस्करण ‘हेराफेरी ३’ सुटिङ सुरु भएको छ । अक्षय कुमार, सुनील शेट्टी र परेश रावलले फिल्म ‘हेरा फेरी ३’ को सुटिङ सुरु गरिसकेका छन् । फिल्मको निर्देशनको जिम्मेवारी फरहाद सामजीलाई दिइएको छ । फिल्म ‘हेरा फेरी ३’ मा अक्षय कुमार फर्किएका छन् ।
अक्षय कुमारको लागि फिल्ममा केही परिवर्तन गरिएको छ। फिल्मबाट कार्तिक आर्यनको नाम हटाइएको छ ।अक्षय कुमारलाई फिर्ता ल्याउनमा फिरोज नाडियाडवाला र सुनील शेट्टीको हात रहेको बताइएको छ । अब फिल्ममा सञ्जय दत्त भिलेनको भूमिकामा देखिने छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सञ्जय दत्तलाई फिल्म ‘हेरा फेरी ३’ मा खलनायकको भूमिकामा राखिएको छ । यस फिल्ममा सञ्जय दत्तको भूमिका निकै रोचक हुने बताइएको छ । फिल्म ‘हेरा फेरी ३’ मा सञ्जय दत्तको भूमिका अन्धो र निकै अनौठो हुनेछ । फिल्मका लागि सञ्जय दत्तले सहमति जनाएका छन् । उनी फिल्मलाई लिएर निकै उत्साहित छन्।