Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024

काठमाडौं – नेपालले संयुक्त अरव इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोट खेलमा लगातार दोस्रो जित निकालेको छ । यूएईस्थित मलिका क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले कुवेतलाई दुई सय ४३ रनको फराकिलो अन्तरले हरायो । नेपालले दिएको तीन सय ४४ रनको विजय लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा विै विकेट गुमाएर एक सय रन मात्र बनाउन सक्यो ।

कुवेतका लागि जुधा सालधानाले सर्वाधिक २६ रन बनाउनुभयो । रसिन मोहमदले १९ र किसोरी भाई हिन्सुले १६ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा नेपालका लागि आकाश चन्दले ६ विकेट लिनुभयो । हेमन्त धामी र दीपेश कंडेलले दुई दुई विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा तीन सय ४३ रनको विशाल योगफल तयार गरेको थियो । नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले सतकीय पारी खेल्नुभयो ।

कप्तान खनालले एक सय २५ र ओपनर अर्जुन कुमालले एक सय आठ रन बनाउनुभएको थियो । विशाल बिक्रम केसीले २३, दीपक डुम्रेले अविजित २०, दीपक बोहोराले १९ र अर्को दीपक बोहोराले १३ रन बनाउनुभयो । बलिङमा कुवेतका हेनरी थोमसले र सहिल काज्मीले दुई दुई तथा जय महेशकुमार मेहता ले एक विकेट लिनुभयो । शुक्रबार आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले हराएको थियो ।

जितसँगै दुई खेलबाट चार अंक बनाएको नेपाल दोस्रो स्थानमा छ । समान चार अंक बनाएको यूएई रन रेटका आधारमा शीर्षस्थानमा छ । नेपालले तेस्रो खेल सोमबार हङकङसँग खेल्नेछ । छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । छनोट खेलको शीर्षस्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ विश्वकपमा स्थान बनाउनेछ ।

 

तपाईको प्रतिक्रिया