Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताएका छन् । शुक्रबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको बताए ।

उनले राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई सबल बनाउन आफ्नो सहयोग हुने बताए । राष्ट्रिय एकताको लागि पनि आफ्नो भुमिका हुने उनको भनाइ छ । उनले राष्ट्रपति निर्वाचनको दिनसम्ममा आफू सर्वसम्मत निर्वाचित हुन कोसिस गर्ने बताए । पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई सर्वसम्मत बनाउन ओलीको योगदान हुनेमा विश्वास व्यक्त गरे ।

 

तपाईको प्रतिक्रिया