Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौँ – बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन् । जैसलमेरको होटल सूर्यगढमा, दम्पतीले परिवार र नजिकका साथीहरूबीच मंगलबार विवाह गरेका हुन् । सामाजिक सञ्जाल इन्स्टाग्राम ह्यान्डलमा उनीहरुले विहेको तस्बिर सेयर गरेका छन् । यस विशेष दिनमा सिद्धार्थ सुनौलो कढाईको अफ–हाइट शेरवानीमा देखा परे भने कियाराले गुलाबी रंगको लेहेंगा लगाएकी थिइन् । फेब्रुअरी ७ को रात आफ्नो विवाहको विशेष तस्बिर सेयर गर्दै जोडीले लेखेका छन्, ‘अब हाम्रो स्थायी बुकिङ भइसकेको छ । हामीलाई तपाईको माया र आशिर्वाद चाहिन्छ ।’

‘शेरशाह’ फेम जोडीलाई रियल लाइफ जोडीको रुपमा हेर्ने चाहना फ्यानहरुले लामो समयदेखि राख्दै आएका थिए, अन्ततः त्यो दिन आयो । सिड–कियाराको विवाहमा बलिउडका धेरै पाहुनाहरु आएका थिए । जसमा फेसन डिजाइनर मनिष मल्होत्रा, फिल्म निर्माता करण जोहर, अभिनेता मनिष मल्होत्रा, अरमान जैन, शाहिद कपूर र उनकी श्रीमती मीरा राजपुत, जुही चावला र उनका पति जय मेहता, मेकअप आर्टिस्ट स्वर्णलेखा गुप्ता, हेयर ड्रेसर अमित ठाकुर, विवाह फिल्म शूटर विशाल पञ्जाबी, डीजे गणेश, हरि र सुखमणी र जकीहरू, ईशा अम्बानी र उनका पति आनन्द पिरामल संगीतको लागि सामेल भएका थिए ।

कियारा–सिद्धार्थले फ्यानसामु कहिल्यै आफ्नो प्रेम व्यक्त गरेका थिएनन् । दुवै पक्षबाट विवाहको घोषणा पनि गरिएको थिएन । शेर शाहको सुटिङबाट सुरु भएको प्रेमकथालाई दुवैले लामो समयसम्म लुकाएर राखेका थिए । तर, सन् २०२० मा नयाँ वर्ष मनाउन अफ्रिका गएपछि उनीहरुको सम्बन्धको चर्चा चल्न थाल्यो । यसपछि २०२१ मा कियाराले सिद्धार्थका आमाबुवालाई आफ्नो घरमा डिनरको लागि बोलाइन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया