टोकियो – मानिस विभिन्न गतिविधिका कारण चर्चामा आउने गर्छन् । कसै कसैमा त झन् बहुआयामिक प्रतिभानै हुने गर्छ । त्यसै मध्येका एक हुन् मनोज केसी ।
अध्ययनको सिलसिलामा जापान आएका केसी उनको बहुआयामिक प्रतिभाका कारण चर्चामा छन् । जापानको नागोया शहरमा रहँदै आएका केसी विभिन्न सामाजिक गतिविधिमा क्रियाशील छन् । सँगै उनी उत्कृष्ट भलिबल र फुटबल खेलाडीसमेत हुन् । जापानमा भएका धेरै प्रतियोगिताहरूमा उनी विजयी हुँदै पुरस्कृत भई सकेका छन् ।
स्वास्थ्यका लागी पनि खेल जरुरी छ, त्यसैले यस क्षेत्रमा पनि मेरो लगाव भयो केसी बताउँछन् । जापानमा व्यवसाय गरेका उनी गलकोट समाज, जापान, नेपाली व्यवसायी संघ लगायत संघ संस्थाको नेतृत्व तहमा रही काम गरी रहेका छन् ।
पछिल्लो समय भने उनले गाएको गीतका कारण उनी चर्चाको शिखरमा छन् । घर त गैरी गाउँ बोलको उक्त गीत सामाजिक सञ्जाल अझैँ टिकटकमा भाइरल नै भएको छ । उनी गायन सँगै गीत लेखन, नृत्य तथा अभिनयन एवं कार्यक्रम उद्घोषण पनि उस्तै पोख्त छन् ।घर त गैरी गाउँ बोलको उक्त गीतको बोल मनोज केसी र आरके गुरुङको शब्द रचना रहेको छ । म्युजिक भने आरके गुरुङले गरेका हुन् । गीतमा आवाज भने मनोज केसी र अस्मिता अधिकारीको रहेको छ । गीतको छायाङ्कन नवराज उप्रेतीले गरेका छन् भन्ने म्युजिक भिडियोको निर्देशन दीपेन्द्र तिमल्सेनाको रहेको छ।
विगत २ दशक देखी मौलिक गीत संगीतमा लागि पर्दै शब्द, लय, स्वर र संगीत समायोजनसहित गर्दै आएका गायक मनोज केसी र आर के गुरुङले यो पटक भने केही फरक शैली गीत लिएर प्रस्तुत भएका छन् । केसीले ०६१ सालमा माइली रोधिघरमा सँगै नाचौला कौर्हा मौलिक गीत बाट सांगीतिक यात्रा शुरु गरेका थिए । गायक केसी र गुरुङले १५ वर्ष अघि देखी सँगसँगै सांगीतिक सहकार्य लाई निरन्तरता दिँदै आएका छन् ।हेर्दैमा राम्रो बागलुङै बजार (सालैजो), बज्यो मादल मायाको गाउँमा (झ्याउरे), गल्कोटै गाउँको (सालैजो), माइली रोधिघरमा (रि-मेक), ज्ञानी माया (पञ्चेबाजा) र बस है माया (सालैजो) जस्ता मिठा-मिठा मौलिक भाकाहरू यसअघि आइसकेको छ ।
घर त गैरी गाउँ बोलको गीतको रेकर्डिङ कार्य अहिलेको आधुनिक सिस्टम रहेको १ डिबि यच डि स्टुडियोमा सम्पन्न गरिएको छ । जसमा HBN किस्मतले संगीत संयाेजन र मिक्सिङ गरेका हुन् । गीतमा अभिनय तर्फ चर्चित कलाकारहरू गणेशमान घले, रमेश थापा, जुना सुन्दास र आयुस्मा कार्कीलगायतको अभिनय रहेको छ ।
करिब ९ मिनेट समयको म्युजिक भिडियोलाई शिवपुरी राष्ट्रिय निकुञ्जको ढाप ताल र प्रकृति रिपोर्टमा छायाङ्कन गरिएको छ । एक हप्तामा लगभग २ लाखले हेरिसकेको बताइएको छ । गायक मनोज केसी गल्कोट मल्म स्थायी घर भई सन् २०१२ देखि जापानको नागोयामा रहँदै आएका छन् ।
हेर्नुहोस् भिडिओ :-