Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पुगेको अवसर पारेर ‘पशुपतिप्रसाद-२ भष्मे डन’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले आज राजधानीमा एक कार्यक्रम आयोजना गरेर ‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पुगेको सेलिब्रेसन गर्दै ‘पशुपतिप्रसाद-२ भष्मे डन’ निर्माणको घोषणा गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘पशुपतिप्रसाद’को प्रमुख पात्रमध्येको एक भष्मे डनको चरित्रमाथि चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा विपीन कार्की अर्थात ‘भष्मे डन’ मुख्य कलाकारको रूपमा रहनेछन् । ‘पशुपतिप्रसाद’मा उनले गरेको क्यारेक्टर लोकप्रिय भएको थियो । सोही भूमिकाबाट नेपाली रजतपटमा विपीनको उदय भएको थियो ।

विपीनको अपोजिटमा स्वस्तिमा खड्का देखिने छिन् । विपीन र स्वस्तिमासँगै सौगात मल्ल, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, सजन मगर, मिश्री थापालगायत कलाकारको पनि चलचित्रमा अभिनय रहनेछ । यो चलचित्रमा दर्शकले खगेन्द्र लामिछानेलाई भने देख्न पाउने छैनन् ।

‘पशुपतिप्रसाद–२ भष्मे डन’ फागुन १२ गतेदेखि छायांकन हुनेछ । चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गर्ने छन् । चलचित्रको निर्माणमा निर्देशकसमेत रहेका खनाल र पटकथा लेखक लामिछानेले सहकार्य गर्ने छन् । चलचित्र आगामी दसैंमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

कृष्ण भारद्वाज र सुवास भुषालको संगीत रहने चलचित्रमा निरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन रहनेछ । रोहितराज गौतमको मुख्य सहायक निर्देशन, संजोग रसाइलीको सहायक निर्देशन र दीर्घ खड्काको सम्पादन रहनेछ ।

निर्माण कम्पनि टुकी आर्टस प्रालिले ‘पशुपति प्रसाद’सहित ‘धनपति’ र ‘पानीफोटो’लगायत चलचित्र निर्माण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया