Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

कार्यक्रमबाट बचत भएको रकम गौरव राष्ट्रिय आविष्कार केन्द्रलाई दिइने छ  । 

टोकियो – राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ जापानको नागोयामा सांस्कृतिक साँझ आइतबार सम्पन्न भएको छ । सोही कार्यक्रममा दीपक कार्की र सुमन लिम्बुलाई सम्मान गरिएको छ ।कार्की एनआरएनए आईसिसि सदस्य हुन् । उनी विगत देखि जापानमा सामाजिक सेवामा क्रियाशील व्यक्ति हुन् भने लिम्बु एनआरएनए जापानका पूर्व सल्लाहकार तथा आयोजक संस्थालाई अभिभावकत्व प्रदान गरेको भन्दै सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वलाई एनआरएनएका उपाध्यक्ष गोविन्द श्रेष्ठ र एनआरएनएका एसिया प्यासिफिक संयोजक पारशमणि पोख्रेलले सम्मान पत्र, खादा र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।नेफिन जापान, नागोयाले आयोजना गरेको उक्त सांस्कृतिक कार्यक्रमबाट बचत रकम नेपाली वैज्ञानिक महावीर पुनद्वारा नेपालमा सञ्चालित नेपालीहरूको गौरव राष्ट्रिय आविष्कार केन्द्रलाई उपलब्ध गराइने किरात राई यायोक्खा नागोयाका सचिव नरेश राईले बताए ।उक्त सांस्कृतिक कार्यक्रम आयोजना गरी केही भए पनि राष्ट्रिय आविष्कार केन्द्र लाई सहयोग गर्न सकिएकोमा किरात राई यायोक्खा नागोयाका अध्यक्ष सुखराज राईले खुशी लागेको बताए ।कार्यक्रममा नेपालबाट आएका कलाकारहरू राजेश पायल राई, सबिना योङ्हाङ् लिम्बु  र समृद्धि परियार साथै जापानमा रहेका गायक श्याम शीतललगायतको प्रस्तुति रहेको थियो ।सांगितिक कार्यक्रममा उपस्थित दर्शकहरू संगीतमा मस्त झुमिरहेको देख्न सकिन्थ्यो ।  उक्त सांगीतिक कार्यक्रमको समुद्रपारि डटकमबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।आयोजक संस्था नेफिन जापानका महासचिव शिशिर लिम्बुले यस अघि फुकुओका र नागोयामा सम्पन्न कार्यक्रम पछि जनवरी १४ तारिख शनिबार चिवा केनको फुनावासीमा र जनवरी १५ तारिख टोकियोको इकेगामी हलमा ”नेफिन जापान सांस्कृतिक साँझ २०२३ ” हुने जानकारी दिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया