न्यूयोर्क – आसन्न अमेरिकी राष्ट्रपति निर्बाचनको अन्तिम तीन दिन डेमोक्र्याट राष्ट्रपति बराक ओबामा र रिपब्लिकन मिट रम्नि दुवै उम्मेदवारले आफ्नो विजय सुनिश्चित गर्न कडा प्रतिस्पर्धाको सामना गर्नु पर्ने भएको छ ।
डेमोक्र्याट राष्ट्रपति बराक ओबामा र रिपब्लिकन मिट रम्नि दुवै उम्मेदवार अन्तिम तीन दिनको आक्रामक चुनाब प्रचार अभियान अन्तर्गत अनिर्णित मतदाता रहेका राज्यको रुपमा परिचित स्विंग स्टेट्सहरुलाई आ-आफ्नो पक्षमा पार्न ओहायो, विकिन्सन, कोलोराडो, आयोवामा केन्द्रित भएका छन् ।
सामुन्द्रिक आँधीले आक्रान्त अमेरिकाको उत्तर पुर्बी राज्यहरुमा ओबामा प्रसाशनले देखाएको तदारुकता र राहतको प्रयासले राष्ट्रपति बराक ओबामालाई राहत पुगेको बताइए पनि चुनावी मत सर्वेक्षणहरुले दुवै उम्मेदवार बीच कडा प्रतिस्पर्धा रहेको परिणाम सार्वजनिक गरेपछि स्विंग स्टेट्सहरुलाई आ-आफ्नो पक्षमा पार्ने अन्तिम दौडमा डेमोक्र्याट राष्ट्रपति बराक ओबामा र रिपब्लिकन मिट रम्नि अनिर्णित मतदाताहरुलाई आकर्षित गर्न त्यस क्षेत्रमा केन्द्रित भएका छन् । विश्लेषकहरुका अनुसार जुन उम्मेदवारले स्विंग स्टेट्सको मत आफ्नो पक्षमा पार्न सक्छन तिनै उम्मेदवारले बिजय हासिल गर्नेछन् ।
सार्बजनिक गरिएको मत सर्वेक्षणहरुले कडा प्रतिस्पर्धा रहेको दावी गरे पनि सामुन्द्रिक आँधीले आक्रन्त अमेरिकाको उत्तर पुर्वी राज्यहरुमा राष्ट्रपति बाराक ओबामा प्रसाशनले देखाएको तदारुकता र राहतको प्रयासले राष्ट्रपति बाराक ओबामालाई सहयोग पुगेको बताउनुहुन्छ नेपाली मुलका अगुवा प्राध्यापक तारा निरौला । प्राध्यापक तारा निरौलाका अनुसार ०८ को निर्बाचन झैँ यो निर्बाचन राष्ट्रपति बराक ओबामाको लागि सहज छैन तर रोजगार बजारमा आएको अप्रत्यशित सुधार र अल्पसंख्यक मतदाताको रुझानको कारण पनि ओबामाको बिजय यात्रा सहज देखिन्छ ।
अर्का नेपाली मुलका अगुवा समाजसेवी श्याम कार्कीकाअनुसार पहिलो चरणको बहसमा मिट रम्नीको आक्रामक प्रस्तुतिले लाग्थ्यो उनको प्रचार शैलीले प्रभाव पार्छ तर स्थितिले कोल्टे फेरेको छ र उत्तर पुर्बी राज्यहरुमा आएको आंधीबाट बच्न ओबामा प्रसाशनले देखाएको तदारुकता र राहतको प्रयासले ओबामाको पक्षमा जनमत बन्दै छ । कार्कीका अनुसार अनिर्णित मतादाता रहेको स्विंग स्टेट्सहरु पनि बिस्तारै ओबामाको पक्षमा देखिन थालेका छन् ।
विश्लेषकहरुका अनुसार राष्ट्रपति ओबामाले १५ वर्ष उमेर भित्र अमेरिका छिरेकाहरुलाई कानुनी बैधता सहित स्थाई बसोबास दिने निर्णयले हिस्पानिक समुदायको मन जित्न ओबामा सफल भएका छन् भने यसका अतिरिक्त अल्पसंख्यक मुस्लिम र भारतीय मुलका अमेरिकीहरुको रुझान पनि ओबामाको पक्षमा रहेको कारण अन्तिम क्षण राष्ट्रपति ओबामाको लागि सहज हुने छ ।
न्युयोर्कमा नेपाली मुलका अगुवा समाजसेवी मिर्दुला कोइराला, टेक्सासमा नेपाली मुलका अगुवा समाजसेवी हेम पाठक, क्यालिफोर्नियाका पत्रकार सुदिप पन्त, बाल्टिमोरमा नेपाली मुलका अगुवा समाजसेवी अमर छन्त्याल, प्रेमराजा महत, प्रभु थापा, केन्टकीमा नेपाली मुलका अगुवा समाजसेवी पुरुषोत्तम बोहोरा, प्रितीसागर खत्री, भर्जेनियामा डेमोक्र्याट हरि शर्मा, अगुवा समाजसेवी बिजय थापा, दधि ढुंगाना, राजेन्द्र खनाल सबैले एक स्वरमा भने हामी नेपाली मुलका अमेरिकीहरुको भोट राष्ट्रपति ओबामालाई दिने भएका छन।
यद्यपि करिब ५० हजार नेपाली मुलका अमेरिकीहरुको मात्र मतदाता सूचिमा नाम समावेस रहेको छ । अर्को तर्फ अन्तिम क्षणमा आएर राष्ट्रपति ओबामाले ०८ मा सत्ता सम्हाले देखि आलोचनाको मुख्य बिषय बनेको रोजगार बजारमा पनि अक्टोबरमा १ लाख ७१ हजार नयाँ रोजगारको अवसर सिर्जना भएको तथ्य सार्वजनिक हुनुले ओबामाको चुनावी अभियानलाई थप राहत मिलेको छ । ***