Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेसँगै मोरक्कोका समर्थकका लागि खुसीको बाँध फुटेको छ। विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चको अन्तिम चारमा मोरक्को पुग्दा कतारको अल थुमामा रंगशालादेखि मोरक्कोका गल्लीमा चर्को गर्जन, जयजयकार र नाचगान भयो।

मोरक्कोले पोर्चुगलविरुद्ध १–० को जित हासिल गर्दा त्यसको खुसी आइभरीकोस्टको अबिड्जानदेखि साउदी अरबको रियादसम्म छाएको थियो। अफ्रिकासँगै अरबले पनि मोरक्कोको अविस्मरणीय यात्राको खुसी मनायो। ‘उनीहरूले हामीलाई खुसी र गौरवान्वित बनाएका छन्। हामी पनि फाइनलसम्म पुग्न सक्षम छौं भनेर देखाएका छन्। अफ्रिका र अरबले समर्थन गरेको टिमको जितमा हामी साँच्चै खुसी छौं’, मोरक्कोको राजधानी राबाटकी सिहाम मोताहिरले भनिन्। रबाटका प्रत्येक रेस्टुरेन्ट, क्याफे र क्लब विश्वकप हर्ने समर्थकले भरिएका थिए।

राबाटमा मोरक्कोको झन्डासहित हजारौंको संख्यामा सिटी सेन्टरमा भेला भएर खेल हेरिरहेका थिए। पोर्चुगलविरुद्ध जित हासिल गर्दा मोरक्कोले जारी विश्वकपमा तेस्रो ठूलो युरोपियन मुलुकलाई हराएको थियो। जुन जितले इतिहास लेख्यो, र अफ्रिकासँगै अरबका मानिसहरूलाई पनि गौरवान्वित बनायो। ‘ऐतिहासिक र उत्कृष्ट नतिजा’, अफ्रिकन युनियनका अध्यक्ष म्याकी सालले ट्विटरमा लेखेका छन्, ‘एटलस लायन्स (मोरक्को) विश्वकपको सेमिफाइनलमा पुगेको छ, ब्राभो मोरक्को।’

अरबी र अफ्रिकन राजनीतिज्ञ र खेलकुदका नेतृत्वकर्ताहरूले मोरक्कोप्रति सम्मान व्यक्त गरिरहेका छन्। लिबियाका प्रधानमन्त्रीदेखि लिबिया, इराक, प्यालेस्टाइन, बहराइन र यूएईका उच्च अधिकारीले ट्विट गरेर बधाइ दिइरहेका छन्।‘उनीहरूले गजब गरे। वेल डन मोरक्को। लङ लिभ अफ्रिका’, आइभरीकोस्टका पूर्वस्टार डिडियर ड्रोग्बाले ट्विट गरेका छन्। अबिड्जानको एक क्याफेमा फुटबल हेर्दै मोरक्कोको जितको खुसी मनाइरहेका जुले गौल एटलस लायन्सले अफ्रिकालाई गौरवान्वित बनाएको बताए। ‘मोरक्कोको जितले अफ्रिकी मुलुक पनि अन्य महादेशसँग प्रतिस्पर्धा गर्न सक्षम छ भन्ने साबित गरेको छ’, उनले भने।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया