Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत क्वाटरफाइनलका खेलहरु सकिएका छन्। आज राति विश्वकपको साविक विजेता फ्रान्सले इङ्ग्ल्याण्डलाई २-१ गोलअन्तरले हराएसँगै क्वाटरफाइनलका खेलहरु सकिएका हुन्।

बुधवार र बिहीवार सेमिफाइनलका खेलहरु हुँदैछ। बुधवार बिहान पौने १ बजे (मंगलवार राति) अर्जेन्टिना र क्रोएसिया लुसइल स्टेडियममा आमनेसामने हुनेछन्। समूह ‘सी’को विजेता अर्जेन्टिनाले अन्तिम १६ मा अस्ट्रेलियालाई २-१ गोलअन्तरले हराउँदा क्वाटरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा हराएको थियो। अर्कोतर्फ समूह ‘एफ’को उपविजेता क्रोएसियाले अन्तिम १६ मा जापान र क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराएको थियो।

त्यस्तै, बिहीवारर बिहान (बुधवार राति) फ्रान्स र मोरोक्को भिड्नेछन्। क्वाटरफाइनलको अन्तिम दुई खेलमा मोरोक्कोले पोर्चुगललाई १-० र फ्रान्सले इङ्ग्ल्याण्डलाई २-१ गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका थिए। फ्रान्स समूह ‘डी’ र मोरोक्को समूह ‘एफ’को विजेता टोली हुन्। अन्तिम १६ मा फ्रान्सले पोल्याण्डलाई ३-१ गोलअन्तरले हराएको थियो भने मोरोक्कोले स्पेनालाई पेनाल्टीसुटआउटमा हराएको थियो।

 

तपाईको प्रतिक्रिया