Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

पेरिस –  विजया दशमी २०६९ को शुभ उपलक्ष्यमा नेपाली राजदूतावास, पेरिसले मेजो अलफोर्टमा आईतवार, २८ अक्टोबर सांझ एक भव्य कार्यक्रमको आयोजना गरेको छ ।

सो अवसरमा एभरेष्ट नेपाल एशोसिएसनका अध्यक्ष, एनआरएन फ्रान्सका अध्यक्ष, नेपाली एकता समाजका अध्यक्ष, मेजो कुल्चुरेल नेपालका सचिव, नेपाल व्यवसायी संघका अध्यक्ष, तमू समाज तथा पाकोफानका पदाधिकारीहरु, युनेस्कोमा कार्यरत प्रोफेशनल, ट्राभल एजेन्टहरु, रेष्टुरां व्यवसायीहरु, पेन्टर, व्यापारीवर्ग, फ्रेन्चसंग विहावारी गरी बसेका नेपाली नागरिकहरु लगायत विभिन्न फ्रेन्च विश्वविद्यालयमा उच्च शिक्षा ग्रहण गरी आउनु भएका नेपाली विद्यार्थीहरु तथा अन्य देशका विद्यार्थीहरु, लामो समयदेखि फ्रान्समा बसोबास गरी आउनुभएका नेपाली नागरिकहरु तथा अन्य नेपाली तथा फ्रेन्च गण्यमान्य व्यक्तिहरु समेत गरी करिव ३५० जना पाहुनाहरुको उपस्थिति थियो ।

हलमा माता भवानीको तस्वीरको  सजावट तथा नेपालको विभिन्न पर्यटकीय स्थलहरुको ठूला पोष्टरहरु सजाइएकोमा पाहुनाहरुले नेपालमै रहेको झझल्को दिएको अभिव्यक्ति दिएका थिए ।

फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका लागी स्थायी प्रतिनिधि मोहन कृष्ण श्रेष्ठले पूजाको काम सकिएपछि सबै पाहुनाहरुलाई रातो टिका तथा जमरा प्रदान गर्नु भै शुभकामना दिनुभएको थियो भने वहांको श्रीमती सजना श्रेष्ठले प्रसाद दिनुभएको थियो ।

पाहुनाहरुलाई स्वागत गर्नुहुंदै राजदूत श्रेष्ठले गत वर्ष झैँ यस वर्ष पनि विजया दशमी मनाउन पाउनु र पाहुनाहरु आफ्नो व्यस्तताको बाबजुद उपस्थिति हुनुभएकोमा धन्यवाद ज्ञापन गर्नुहुंदै सुख, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको लागी शुभेच्छा प्रकट गर्नुभयो । वहांले नेपाल एक प्राकृतिक रुपमा सुन्दर देश भै शक्तिकामी तथा आतिथ्यप्रिय बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक जनता भै हाम्रो विभिन्नतामा एकता रहेको छ भनी आफ्नो उद्गार व्यक्त गर्नुभएको थियो । नेपालमा यताका केही वर्षहरुदेखि राजनैतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा युगान्तकारी परिवर्तनहरु आइरहेको व्यहोरा उल्लेख गरी विभिन्न श्रोत साधनहरुको प्रचुर मात्रामा उपलव्ध भएको कारणले नेपालमा दु्रततर आर्थिक विकास गर्न सक्ने प्रशस्त गुंजायस रहेको छ पनि भन्नु भयो ।

२०० वर्ष भन्दा अगाडि नेपाल तथा फ्रान्स बीच आपसी सम्बन्ध रही आएको तथ्य उजागर गर्नु भै राजदूत श्रेष्ठले गत २८ महिना भित्रमा ४१ वटा साना, ठूला प्रबद्र्धन कार्यक्रमहरु सम्पन्न गरि सकिएको र कतिपय ठूला प्रबद्र्धनका कार्यक्रमहरु विभिन्न शहरका मेयरहरुको सहयोगमा सम्पन्न गरिएको हुंदा अति प्रभावकारी हुनुको साथै खर्चमा समेत कमि भएको छ भनी बताउनु भएको थियो ।

विभिन्न भेषभुषामा सजिएर आएका पाहुनाहरु स्वादिलो नेपाली खाना ग्रहण गरी नेपाली संगीतले उल्लासमय बनाएको माहौलमा स्वस्फुर्त रुपमा नाचेका थिए भने गायक भुवन अधिकारीले विभिन्न नेपाली गानाहरु गाई थप मनोरंजन प्रदान गरेका थिए । अन्तमा नेपालीहरुलाई फ्रेन्च तथा अन्य विदेशी पाहुनाहरु समेतले साथ दिएका थिए । कार्यक्रम करिव ४ घण्टा चलेको थियो । पाहुनाहरुले साह्रै रमाइलो कार्यक्रम आयोजना गरी नेपाली संस्कृतिलाई प्रबद्र्धन गर्नमा सहयोग भै आएको छ भनी प्रफुल्लित भै राजदूतावासलाई धन्यवाद दिएका थिए ।

तपाईको प्रतिक्रिया