Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – अभिनेता प्रदीप खड्का नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा खुलेका छन् । मंगलबार बर्दघाटमा नवलपरासी–१ बाट कांग्रेस उम्मेदवार विनोद चौधरीको चुनावी सभामा प्रदीप पनि सहभागी भए ।

सोही कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए । आयोजकले प्रदीपलाई मञ्चमै आसन ग्रहण गराएका थिए । लामो कपाल, कालो चस्मा र कोटमा सजिएका प्रदीप देउवा र प्रचण्ड पछाडिको लहरमा बसेका थिए ।

प्रदीपले आमसभालाई सम्बोधन समेत गरेर विनोद चौधरीलाई जिताउन मतदातालाई अपील गरे । यसअघि राजनीतिक विषयमा नखुलेका प्रदीपले यो चुनावमा गठबन्धनको पक्षमा आफूलाई खुलाएका हुन् । भारतबाट आएलगत्तै प्रदीप उम्मेदवार चौधरीलाई भोट माग्न सिधै नवलपरासी पुगेका हुन् ।

गत साता विनोद चौधरीका लागि माग्न अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी पनि नवलपरासी पुगेका थिए । त्यसपछि केसीलाई निर्वाचन आयोगले कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया