बेर्न – बिश्व साइकलयात्री सौरब दाहाल स्वीजर्लैण्डको राजधानी बेर्न पुगेका छन । जेनेभाको यात्रा पूरा गरी बिहिबार उनी राजधानी बेर्न पुगेका हुन् | बेर्नमा उनले साइकल यात्रा गर्दा बिदेशी नागरिकहरुलाइ गौतम बुद्ध र नेपालको बारेमा बताउने गरेका छन ।
बेर्नको पार्लियामेन्ट हाउस नजिक उनलाई नेपालीहरुले स्वागत गरेका थिए । अन्य राष्ट्रहरुको भिसा लगाएर यात्री दाहाल जुरीक हुदैँ फ्रान्स जाने बताए । बेर्नमा बस्न यात्रा गर्नको लागि उनलाई एनआरएन स्वीजर्लैण्डका सदस्य बिष्णुप्रसाद थापाले ब्यवस्था गरेका छन । जेनेभा यात्रामा रहंदा दाहाल ले UN कार्यालयमा पुगी गौतम बुद्ध नेपालमा नै जन्मेको हो भन्ने सन्देस दिए । साथै नेपाली राजदूतावास जेनेभाले आयोजना गरेको दशैँ कार्यक्रममार्फत पनि यात्री दाहालले आफ़्नो यात्रा अनुभबसंगै गौतम बुद्ध र नेपालको बारेमा सन्देश दिए । स्विजरलैण्ड उनको ५३ राष्ट्रको यात्रा हो । ***