काठमाडौँ – ‘हेरा फेरी’ फ्रेन्चाइजी बलिउडको सबैभन्दा लोकप्रिय फ्रेन्चाइजी मध्ये एक हो । फिल्मको अन्तिम दुई भागमा अक्षय कुमार, परेश रावल र सुनील शेट्टीको जोडीलाई दर्शकले निकै रुचाएका थिए । यस्तो अवस्थामा फ्यानहरू लामो समयदेखि तेस्रो भागको प्रतिक्षामा थिए । हालै परेश रावलले सामाजिक सञ्जालमा ट्वीट गर्दै हेराफेरीको तेस्रो भागमा कार्तिक आर्यन फाइनल भएको जानकारी दिएका छन् । यो खबर बाहिर आएपछि अक्षयका फ्यानहरू निकै निराश भएका छन् ।
त्यसबेलादेखि अक्षयलाई ‘हेराफेरी ३’ मा फर्काउने माग भइरहेको छ । नो अक्षय, नो हेरा फेरी ट्विटरमा ट्रेन्डिङमा छ। अक्षय बिना हेराफेरी ३ फ्लप हुने दाबी गरिरहेका छन् ।सामाजिक सञ्जालको ट्रेन्ड हेर्दा मानिसहरू कार्तिकलाई फिल्मको तेस्रो भागमा हेर्न चाहँदैनन् भन्ने अनुमान गर्न सकिन्छ ।
‘हेरा फेरी’ बलिउडको सदाबहार फिल्म मध्ये एक हो, जसलाई प्रियदर्शनले निर्देशन गरेका थिए। यसअघिका दुई भागमा अक्षय कुमार, सुनील शेट्टी र परेश रावल मुख्य भूमिकामा थिए। दुवै भाग दर्शकमाझ त्यतिबेलाको जस्तै आज पनि चर्चित छन् ।