Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

लिस्बोन – बिद्युतिय सञ्चारमाध्यमहरुको बढ्दो लोकप्रियता र पहुँचताका कारण छापा पत्रिका संकटमा पर्दै गइरहेको भनिदै गर्दा पोर्तुगलमा पनि नेपाली भाषाको छापा पत्रिकाको शुरुवात भएको छ ।

बडा दशैं २०६९ तथा तिहारको शुभ अवसर पारेर पोर्तुगलमा पहिलोचोटी नेपाली भाषाको छापा पत्रिका शुरु भएको समाचार प्राप्त भएको छ । बडादशैको उपलक्ष्यमा पोर्तुगलको राजधानी लिस्बोनमा बिहिबार एक बिशेष समारोहको आयोजना गरी पत्रिकाको औपचारिक विमोचन भएको छ ।

’नेपाली वेभ पाक्षिक’ नामक पत्रिकाको पोर्तुगलका लागि अवैतनिक बाणिज्यदूत मकरबहादुर हमाल र नेपाल पोर्तुगल कला साहित्य तथा सञ्चार परिषदका अध्यक्ष कुमार श्रेष्ठले सयुंक्तरुपमा पत्रिकाको आवरण पृष्ठ प्रदर्शन गर्दै बिमोचन गर्नुभएको हो ।

कार्यक्रमका अतिथि एवम नेपाल पोर्तुगल डट कमका बिनोद घिमिरेले पत्रिकाको सफलताको शुभकामना ब्यक्त गर्दै पत्रिकाले बिना पूर्वाग्रह सम्पूर्ण सामाग्री समेटी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अर्का अतिथि बक्ता जनप्रगतिशिल मंच पोर्तुगलका राममणि रिजालले छापा पत्रिकाको सुरुवात निकै राम्रो काम भएको भन्दै छापा पत्रिकामा बिशेषगरी भाषागत त्रुटीमा ध्यान दिनुपर्नेमा सुझाब दिनुभयो । नेपाल पत्रकार महासंघ युरोप शाखाका पार्षद भिम कमल केसीले पोर्तुगलमा पहिलेदेखि नै नेपाली भाषाको छापा पत्रिका आबश्यकता भएको बताउँदै अनलाईन पत्रिकाहरुमा भन्दा छापा पत्रिकामा बिश्वासनीयता बढी हुने र जुनसुकै बेला पनि लेखेका प्रमाण सुरक्षित हुने भएकोले छापा पत्रिकाले धेरै ठूलो महत्व राख्ने बताउनुभयो । उहाँले पत्रकारिताको धर्मलाई आत्मसात गर्दै पीत पत्रकारिता र गीत पत्रकारिताबाट टाढा रहन सुझाब दिनुभयो । त्यसैगरी कार्यक्रमका अतिथि नेपाली जन सम्पर्क समितिका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले पोर्तुगलमा नेपाली भाषाको छापा पत्रिका सुरुवात हुनु सह्रानीय कार्य भएको भन्दै पत्रिकाले सत्य तथ्य कुराहरुलाई आत्मसात गरिनुपर्नेमा जोड दिदैं निरन्तरताको कामना गर्नुभयो । कार्यक्रमका अर्का अतिथि नेपाली लोकतान्त्रिक मञ्चका अध्यक्ष सुवासचन्द्र अधिकारीले पत्रिकाले पोर्तुगलमा रहेका सम्पूर्ण संघ संस्थाहरुलाई समेटेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रिकामा प्रकाशित बिषयबस्तुलाई लक्षित गर्दै च्यातिनु र जलाईनु निन्दनीय हुने बताउनुभयो । त्यसैगरी कार्यक्रमका बिशेष अतिथि गैर आबासीय नेपाली संघ पोर्तुगलका अध्यक्ष रमेश गुरुङले पोर्तुगलमा छापा पत्रिकाको सुरुवात हुनु गर्बको कुरा भएको भन्दै पत्रिकालाई आफ्नो तर्फबाट निरन्तर सक्दो सहयोग रहने प्रतिबद्दता व्यक्त गर्नुभयो । बिशेष अतिथि आइसीसी सदस्य पूर्ण हमालले पोर्तुगलमा पहिले देखि नै नेपाली भाषाको छापा पत्रिका आबश्यकता रहेको औंल्याउँदै ढिलै भएपनि छापा पत्रिकाको प्रकाशन शुरु गरिनु निकै गर्वको कुरा भएको बताउनुभयो ।

प्रमुख अतिथि अवैतनिक बाणिज्यदूत मकरबहादुर हमालले पत्रिकाले कुनै व्यक्ति बिशेषलाई प्राथमिकता नदिई नेपालीहरुको साझा बिषय बस्तु र समस्याहरुलाई समेट्नु पर्नेमा जोड दिनुभयो । साथै उहाँले पत्रिकाको निरन्तरताको कामना गर्नुभयो ।

कार्यक्रमका सभापति एबम संरक्षक कुमार श्रेष्ठले पत्रिकाले कुनै पनि व्यक्ति वा संस्थाको गुणगान नगाइकन निष्पक्षरुपमा अगाडि बढ्ने स्पस्ट पार्नुभयो । साथै उहाँले पत्रिकालाई युरोपका अन्य देशहरुमा समेत विस्तार गर्न सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

नेपाली वेभ पाक्षिकका प्रधानसम्पादक कमल बिष्टले पत्रिका प्रकाशनको उदेश्य माथि प्रकाश पार्दै पत्रकारिताको धर्मलाई आत्मसात गर्दै कुनै पनि व्यक्ति बिशेषको प्रलोभनमा नपर्ने स्पस्ट पार्न भयो । उहाँले पोर्तगलबाट नेपाली भाषामा पत्रिका प्रकाशन गरिनु निकै कठिन र चुनौतीपूर्ण कार्य भएको भन्दै सम्पूर्ण पोर्तुगलबासी नेपालीहरुबाट साथ, सहयोग, सल्लाह र सुझाब पाउने बिश्वाश व्यक्त गर्नुभयो । यसैगरी पत्रिकाका सम्पादक रामहरि लामिछानेले कार्यक्रममा उपस्थित महानुभाबहरुलाई स्वागत गर्दै लामो समयको मेहनत र गृहकार्य पछि पत्रिका प्रकाशनमा ल्याउन सकिएको जानकारी गराउनुभयो । उहाँले पत्रिकाले पोर्तुगलमा रहेका नेपाली समुदायका बिषयबस्तुमाथि गहिराईसम्म पुगेर पाठकहरु माझ पस्कने वचनबद्धता ब्यक्त गर्नुभयो ।

पत्रिकाको सहसम्पादकमा बिनोद खड्का रहनुभएको छ भने प्रमुख सम्बाददाता शिव कुँवर, राकेश खडका र विकास नेपाल रहनुभएको छ । नेपाल डेस्क प्रमुखमा नवराज न्यौपाने रहनु भएको पत्रिकामा बेलायत, स्पेन, जर्मन, स्विटजरल्याण्ड लगायतका देशहरुमा प्रतिनिधिहरु रहने बताईएको छ । त्यस्तै बजार ब्यबस्थापनमा प्रमोदकुमार श्रेष्ठ र राजन सापकोटा हुनुहुन्छ ।

सहसम्पादक बिनोद खड्काले सञ्चालन गर्नुभएको कार्यक्रम लिस्बोनको अन्नपूर्ण रेष्टुरेन्टमा भएको थियो ।

पर्याप्त जनशक्तिको आवश्यक पर्ने, अत्यन्त खर्चिलो काम र अति संबेदनशील बिषय भएकोले बिदेशमा छापा पत्रिका प्रकाशन गर्नु अत्यन्त कठिन कार्य मानिन्छ । संसारभरबाट नेपालीभाषी अनलाईन धमाधम शुरुवात भईरहेको परिप्रेक्षमा त्यसरी नै छापापत्रिका शुरु हुन नसक्नु यसको प्रमुख कारण खर्चिलो हुनु नै हो ।

 

नेपाली समाचार साप्ताहिकको प्रकाशन थालनी गरेर भारतबाहेक मुलुकबाहिरबाट छापा पत्रिका शुरु गर्ने पहिलो मुलुक जापान बन्न पुगेको छ भने त्यसपछि लगत्तै हङकङ, बेलायत, अमेरिका, मलेसिया, क्यानडा हुँदै अहिले पोर्तुगलमा नेपाली पत्रिका शुरु भएको हो ।

तपाईको प्रतिक्रिया