बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

काठमाडौं – सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।

उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए । सो प्रतियोगिता सकिएपछि सक्सेस पार्टीका लागि भन्दै बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडित युवतीको आरोप रहेको छ ।

पीडित युवतीले ८ वर्ष अघिको सो घटना बारे अहिले सामाजिक सञ्जालमार्फत आफ्ना कुरा सार्वजनिक गरेपछि प्रहरीले सो घटना अनुसन्धान गर्न एक समिति समेत बनाएको थियो । पक्राउ परेका पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् ।

तपाईको प्रतिक्रिया