Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडाैं – पपुवा न्युगिनी (पीएनजी)ले नेपालविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमाथि कब्जा जमाएको छ । दोस्रो तथा अन्तिम खेलमा शनिबार ३ विकेटको जित निकाल्दै पीएनजीले २ खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पहिलो खेलमा उ ६ रनले विजयी भएको थियो । २७९ रनको लक्ष्य पीएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । उसका लागि लिगा सियाकाले ९० रनको उत्कृष्ट पारी खेले । ३२.४ ओभरमा पवन सर्राफले बोल्ड गराउनुअघि उनले १०२ बलको सामना गर्दै १२ चौका र १ छक्का प्रहार गरे ।

चौथो विकेटका लागि सियका र सेसे बाउले ११० रनको शतकीय साझेदारी गर्दै पीएनजीको पारी उकासेका थिए । बाउले ३८ रन बनाए । रिले हिकुरे ४८ रनमा अविजित रहँदा चार्ल्स अमिनीले ३५ रन जोडे ।

नेपालका लागि सोमपाल कामीले ३, पवन सर्राफले २ तथा तथा कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट हात पारे । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले । उनले १४० बलमा ७ चौका सहित १०५ रन बनाए । यो दीपेन्द्रको एकदिवसीय करिअरको पहिलो शतक हो ।योसँगै दीपेन्द्र नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्का र युवा ब्याटर रोहितकुमार पौडेलले यो सफलता प्राप्त गरेका थिए । पारसले सन् २०१९ मा युएई तथा रोहितले यही सिरिजको पहिलो खेलमा शुक्रबार पिएनजीविरुद्ध नै शतक प्रहार गरेका हुन् ।

सुरुवातमै २ विकेट गुमाएको अवस्थामा तेस्रो विकेटका लागि दीपेन्द्र र देव खनालले १२९ रनको उत्कृष्ट साझेदारी गर्दै नेपालको पारी सम्हालेका थिए । यो साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि कुनै पनि विकेटका लागि सर्वाधिक हो । यसअघि रोहितकुमार पौडेलले र आरिफ शेखले पाँचौ विकेटका लागि गरेको १०४ रनको साझेदारी नेपालका लागि सर्वाधिक थियो ।

देव ८६ बलमा ४ चौका र ३ छक्का सहित ७२ रन बनाएर आउट भए । दीपेन्द्रले चौथो विकेटका लागि रोहितकुमार पौडेलसँग ५८ रनको साझेदारी गरे । रोहितले ३५ रन बनाए । त्यस्तै, दीपेन्द्र र भिम सार्कीले पाँचौ विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । भिम २६ रन बनाएर पेभलियन फर्किए ।

कप्तान सन्दीप लामिछाने २४ रनमा अविजित रहे । ९ बलको सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे । पीएनजीका लागि अली नाआले ३, नोर्मन भानुआ २ तथा चाड सोपर र चार्ल्स अमिनीले १-१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

तपाईको प्रतिक्रिया