Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आजभएको खेलमा नेपाल विजयी बनेको छ । नेपालले ओमानलाई ४० रनले हराउँदै जित हात पारेको हो । ओमानलाई नेपालले १७ ओभरमा अलआउट गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

घरेलु टोली ओमानलाई नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११७ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रेको ओमानले १६.४ ओभरमा ७८ रनमा समेटिएको थियो । ओमानलाई सस्तैमा समेट्नका लागि नेपालका लागि सर्वाधिक दिपेन्द्रसिंह एरी, कमल एरी र सन्दीप लामिछानेले समान २/२विकेट लिए ।

यस्तै नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोडेका थिए भने कप्तान सन्दीप लामिछानेले १६ रन जोडे । लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्र सिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए । ओमानका लागि खवार अलीले सर्वाधिक ३ विकेट लिए । जारी विश्वकप छनोटमा नेपालको समूहमा ओमान, फिलिपिन्स र क्यानडा छन् । सबैले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछ । नेपालले शनिबार फिलिपिन्सको सामना गर्नेछ ।

समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । त्यसबाट फाइनलमा पुग्ने टोली यसै वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

तपाईको प्रतिक्रिया