Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडाैं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का एक अधिकारीले विश्वभर अहिले चिन्ता र चासोको केन्द्र बनेको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध अहिलेका भ्याक्सिनहरु प्रभावकारी भएको बताएका छन् । अहिलेको भ्याक्सिनले पनि ओमिक्रोनविरुद्ध काम गर्ने प्रमाणित भएको ती अधिकारीले जनाएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५ समयः साँझ १७ बजे स्थानः आराकावा सन पर्ल हल आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय गीता पाईजा पुन मगर र प्रगति पुन मगर आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दक्षिण अफ्रिकाको एक ल्याबमा अहिलेको कोरोना भाइरस भ्याक्सिन फाइजरको आंशिक प्रभाव भएको परीक्षण नतिजा आएकै समयमा डब्लूएचओले बताएको यो विषयलाई निकै महत्त्वका साथ हेरिएको छ । डब्लूएचओको चिकित्सक माइक रयानले ओमिक्रोन भेरियन्टविरुद्ध अहिलेका भ्याक्सिनले काम नगर्ने भन्ने कुनै प्रमाण नभएको बताएका छन् । उनले अरु भेरियन्ट र ओमिक्रोनविरुद्ध अहिलेको भ्याक्सिनले बराबर काम गर्ने पनि जानकारी दिएका छन् ।

‘हामीसँग भएका खोपहरुका कारण ओमिक्रोन मात्र होइन, अरु भेरियन्टबाट संक्रमित भएकाहरु पनि गम्भीर संक्रमण हुनबाट बचेका छन्,’ उनले भनेका छन्, ‘अहिले ओमिक्रोनविरुद्ध यी भ्याक्सिनको काम हुँदैन भन्ने सोच्नु ठिक हुँदैन ।’

उनले सुरुवाती आँकडामा ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या पनि कम भएको बताएका छन् । यसअघि दक्षिण अफ्रिकामा पहिलो पटक भेटिएको ओमिक्रोन भेरियन्टको संक्रामक क्षमता बढी भएको बताइएको थियो ।

तपाईको प्रतिक्रिया