Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पदमुक्त गर्न माग गर्दै नेपाल बार एसोसिएसन, बृहत् नागरिक आन्दोलनसहित विभिन्न पेशागत संघसंस्थाले आज राजधानी काठमाडौंमा संयुक्त मार्चपास गर्ने भएका छन्।

नेपाल बार एसोसिएन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, नेपाल आदिवासी जनजाति महासंघ र बृहत नागरिक आन्दोलनले प्रधानन्यायाधीश राणाविरुद्ध सिंहदरबारदेखि बालुवाटारसम्म संयुक्त रूपमा ‘न्याय मार्च’ गर्न लागका हुन्। प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गर्दै सर्वोच्च अदालतको गेटबाट बिहीबार दिउँसो २ बजे सुरू हुने न्याय मार्चपास वालुवाटार पुगेर सकिनेछ। यसैबीच मार्चमा सहभागी हुन उनीहरूले आम नागरिकलाई संयुक्त रुपमा अपिलसमेत गरेका छन्।

‘प्रधानन्यायाधीश जबराको आचरण, न्यायिक क्षमता र नेतृत्वमाथि गम्भीर आक्षेपका साथै न्यायाधीश तथा अधिवक्ताहरु आन्दोलित हुनुपरेको परिस्थितिको जटिलतालाई बेवास्ता गरेर गठबन्धन सरकारले जबराको निरन्तरतामा आफ्नो मिलेमतो रहेको छर्लंग्याएको छ,’ सात वटा पेशागत संघसंस्थाले संयुक्त रुपमा जारी गरेको अपिलमा भनिएको छ, ‘ यसबाट देशमा न्याय शून्यताको अवस्था सिर्जना गरिदिएको छ।’

उनीहरूले प्रधानन्यायाधीश राणाको महाअभियोग र सम्पत्ति छानविनको मागसमेत गरेका छन्।

‘तत्काल संसद बोलाई प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउन र सम्बद्ध निकायमार्फत सम्पत्ति छानबिन गराउन हामी पेसागत तथा नागरिक शक्तिहरू एकसाथ माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संघर्ष व्यक्ति जबरासहित प्रवृत्तिविरूद्ध हो। यस्ता व्यक्ति जन्माउने प्रक्रिया र संरचना फेर्न हामी सबै सडकमा उभिएका छौं। न्याय किनबेच निषेध हुने गरी सबै तहका न्यायालयमा न्यायिक स्वच्छता कायम गर्ने, न्यायमा सर्वसाधारण जनताको सहज, सुलभ र सरल पहुँच सुनिश्चित गर्ने तथा न्यायाधीश नियुक्तिको प्रणाली र मापदण्ड परिमार्जन गर्नेजस्ता सवालमा न्यायपालिका रूपान्तरणका निम्ति सार्वजनिक प्रतिबद्धता जारी गर्न र त्यसअनुसार तयारी थाल्न हामी दलहरूलाई ध्यानाकर्षण गर्दछौं।’

तपाईको प्रतिक्रिया